काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्सले नयाँ जीवन बिमा योजना ‘सुनिश्चित आय (परिवार आय लाभ) जीवन बिमा योजना’ सार्वजनिक गरेको छ।
सो योजना परिवारको एक जना अभिभावकको आम्दानीमा निर्भर परिवारको भविष्यमा आउन सक्ने समस्यालाई व्यवस्थापन गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ।
मुनाफामा सरिक नहुने यस योजनामा बिमितले अतिरिक्त बिमा शुल्क भुक्तानी गरी अतिरिक्त लाभजस्तै दुर्घटना मृत्यु लाभ, स्थायी अपांग र अशक्त सुविधा र बिमा शुल्क छुट सुविधा थप गर्न सकिने व्यवस्था रहेको छ।
१८ वर्षदेखि ५३ वर्ष उमेरसम्मका व्यक्तिले सहभागी हुनसक्ने यो योजनाको अवधि २४ वर्षसम्म भए पनि बिमितले सुरुको १२ वर्षसम्म मात्र बिमा शुल्क भुक्तानी गर्नुपर्छ।
न्यूनतम वार्षिक २५ हजारदेखि माथि बिमितको आर्थिक अवस्थाको आधारमा जतिसुकै रकमको बिमा शुल्क भुक्तानी गरी बिमा गर्न सकिने जारी विज्ञप्तिमा उल्लेख छ।