२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्सेमा उच्च अङ्कको पहिरो

अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ११४.०२ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से उच्च अङ्कले ओरालो लागेर दुई हजार ६९८.२४ मा ओर्लिएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १९.५१ बिन्दुले घटेर ५०६.२७ मा सिमित भएको छ ।

कूल २२५ कम्पनीको एक करोड ७३ लाख ३० हजार ५३८ कित्ता शेयर रु आठ अर्ब ४९ करोड ३४ लाख एक हजार ९ मूल्यमा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३७ खर्ब ७६ अर्ब ४० करोड ७४ लाख ८५ हजार ५७० बराबरमा रहेको छ ।

कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ५१.४६, व्यापार १५६.९८, होटल तथा पर्यटन १५८..१३, विकास बैंक ३३२.३८, जलविद्यत् २२०.२९, वित्त २२९.६९, निर्जीवन बीमा ६१४.२१, उत्पादन ९१.९६, अन्य ७०.६१, लघुवित्त १६२.३२, जीवन बीमा ८००.०६, सामूहिक लगानी कोष ०.४८ र लगानी ५.२९ बिन्दुले ओरालो लागेको छ । कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ ।

सो कम्पनीको ४० करोड ६५ लाख ३१ हजार ४३६ बराबरको कारोबार भयो । त्यस्तै, हिमालयन डिस्टिलरी रु २२ करोड ५५ लाख ८९ हजार ७७१, नबिल बैंक रु १८ करोड ४४ लाख ४० हजार ७६३, युनाइटेड मोदी रु १७ करोड ६६ लाख ६८ हजार र अपि पावर कम्पनी रु १६ करोड ६३ लाख २० हजार ८५९ बराबरको कारोबार भई शीर्ष पाँच भित्र परेका छन् ।

नेप्सेका अनुसार आज मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्यमा ९.९९ प्रतिशतले वृद्धि भयो । त्यस्तै, डिप्रोक्स लघुवित्त २.०४, लक्ष्मी लघुवित्त १.९९, सनराइज बैंकको ऋणपत्र ०.९५ र नबिल ब्यालेन्स फण्ड दोस्रोका लगानीकर्ताले ०.६३ प्रतिशतले कमाए । उता, विभिन्न ११ कम्पनीको शेयर मूल्य १० प्रतिशतले ओरालो लागेर नकारात्मक सर्किट लागेको छ । त्यसमा अधिकांश जलविद्युत् कम्पनीका शेयर छन् ।

प्रतिक्रिया दिनुहोस