एमालेको विरोधकै बिच विनियोजन विधेयक पास « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एमालेको विरोधकै बिच विनियोजन विधेयक पास


४ आश्विन २०७८, सोमबार


काठमाडौँ । प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीका बिच प्रतिनिधिसभाले विनियोजन विधेयक बहुमतले पारित गरेको हो ।

विधेयकको शीर्षकमाथिको छलफल सकाएर अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिएपछि सभामुखले खर्च कटौती सम्बन्धी नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राखेको प्रस्ताव निर्णयार्थ पेस गरे ।

सांसद सुवालको खर्च कटौतीको प्रस्ताव अस्वीकार भएपछि विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री शर्माले पेस गरे । एमालेको नाराबाजीका बिच विधेयक बहुमतले पारित भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस