३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हेटौँडा सिमेन्ट उद्योगले ओपीसी सिमेन्टको मूल्य घटायो

अ+ अ-

हेटौँडा । हेटौँडा सिमेन्ट उद्योगले ओपीसी सिमेन्टको बिक्री मूल्य घटाएको छ ।

उद्योगले असोज १ मा निर्णय गरी ओपीसी सिमेन्ट प्रतिबोरा सात सय दुई रुपैयाँमा बिक्री गर्ने निर्णय गरेको हो । यसअघि उद्योगले प्रतिबोरा सात सय ४७ रुपैयाँमा सिमेन्ट बिक्री गर्दै आएको थियो ।

निजी क्षेत्रका उद्योगले सिमेन्टको मूल्य घटाएसँगै हेटौँडा सिमेन्टले पनि मूल्य समायोजन गरेको हेटौँडा सिमेन्ट उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंहले जानकारी दिए । निजी क्षेत्रका उद्योगले बजारको मागका आधारमा रणनीतिक रूपमा मूल्य निर्धारण गर्ने गरेको उनको भनाइ छ ।

हेटौँडा सिमेन्टले पनि अब मासिक रूपमा बजारको माग र निजी क्षेत्रका उद्योगले निर्धारण गरेको मूल्यसँग प्रतिस्पर्धा गर्ने गरी मूल्य समायोजन गर्ने उनले बताए ।

हेटौँडाकै शिवम् सिमेन्ट उद्योगले ओपीसी सिमेन्ट प्रतिबोरा ६ सय ८० र रिद्धिसिद्धि सिमेन्ट उद्योगले ओपीसी सिमेन्ट प्रतिबोरा सात सय रुपैयाँमा बिक्री गरिरहेका छन् । निजी क्षेत्रका उद्योगले नगद भुक्तानी गर्दा नगदै छुट र बिक्रीका आधारमा बोनस दिने गरेको सिमेन्टको कारोबार गर्दै आएको नारायणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष रामहरि न्यौपानेले जानकारी दिए ।

सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग तीन वर्षदेखि घाटामा छ । सिमेन्टको बिक्रीमा आएको गिरावट र कोरोनाको असहज परिस्थितिका कारण उद्योगले लगातार आर्थिक रूपमा ठुलो नोक्सानी बेहोरिरहेको छ ।

‘आर्थिक वर्ष २०७७ र ७८ मा तीन करोड रुपैयाँ घाटा अनुमान गरिएको छ । यकिन हिसाब आइसकेको छैन,’ महाप्रबन्धक सिंहले भने । २०७६ र ७७ मा २४ करोड र २०७५ र ७६ मा उद्योगले १६ करोड ६५ रुपैयाँ घाटा बेहोरेको थियो ।

‘दुई वर्षदेखि निरन्तर कोरोनाको असहज परिस्थितिका कारण योजनाअनुसार सिमेन्ट उत्पादन तथा बिक्री हुन सकेको छैन । समय–समयमा उद्योगको मेसिनमा आउने समस्याले पनि घाटा भइरहेको हो,’ महाप्रबन्धक सिंहले भने । लामो समयपछि उद्योगले नाफा गर्न थालेको अवस्थामा कोरोना र मेसिनमा आएको समस्याले उद्योगलाई थप क्षति पुगेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस