२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनतामा जाऔँ, माओवादी पुनः एक नम्बर हुन्छ : नेता पौडेल

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले देश र जनताको पक्षमा इमानदारिताका साथ काम गर्ने पार्टी नै माओवादी भएकाले आगामी निर्वाचनमा पहिलो नम्बर बन्ने बताएका छन् ।

सो पार्टीको चन्द्रागिरि–१ ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले विचार, सिद्धान्त र कार्यक्रमका हिसाबले पनि समकालीन अरु दलभन्दा आफूहरू नै क्रान्तिकारी र अग्रगामी भएको बताए । उनले समाजवाद स्थापनाको लक्ष्यसहित एमालेसँग आफूहरुले एकता गरे पनि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका कारण जताततै समस्या खडा भएको उल्लेख गरे ।

माओवादीले अगाडि सारेका नीति तथा कार्यक्रमलाई लिएर जनताको पक्षमा जान र उनीहरुको दुःख, पीरमर्कामा साथ दिन पार्टीका नेता तथा कार्यकर्तालाई उनले आग्रह गरे । अन्य पार्टीमा अनेकन खालका विग्रह र टुटफुटको अवस्था रहेको भन्दै नेता पौडेलले देश र जनताको पक्षमा उभिने तथा कोही कसैसँग पनि गलत सम्झौता नगर्ने भएकाले माओवादीले पुनः देशव्यापी विजयको झण्डा फहराउने विश्वास व्यक्त गरे ।

नेता पौडेलले विचार, सिद्धान्तसहित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा एकाकार भई पार्टीका सबै नेता तथा कार्यकर्ता जनतामा जाने सङ्कल्प गर्नासाथ विजय टाढा नभएको बताए ।

कार्यक्रममा संविधानसभा सदस्य रुपा महर्जनले काठमाडौँ उपत्यकासहित देशभरको लोडसेडिङ माओवादी नेतृत्वमा नै अन्त्य भएको, सबैको हात–हातमा इन्टरनेट तथा विकास निर्माणको जग बसाएको जस्ता सकारात्मक विषयलाई आम जनतामाझमा लैजानुपर्नेमा जोड दिए । उनले माओवादीमात्रै देश र जनताको हित गर्ने पार्टी भएकाले आफूहरुलाई जनताले पुनः विश्वास गर्ने बताए । कार्यक्रममा गणेश गिरीको अध्यक्षतामा माओवादी केन्द्रको वडा समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस