राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


३१ भाद्र २०७८, बिहिबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच हिजो (बुधबार) भेटवार्ता भएको छ ।

स्रोतका अनुसार राष्ट्रपति भण्डारीलार्ई भेट्न अध्यक्ष ओली बुधबार राति ८ बजे शीतलनिवास पुगेका हुन् ।

राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच झन्डै दुई घण्टासम्म छलफल भएको स्रोतले जनाएको छ ।

उनीहरुबीच एमालेको सङ्कट, राजनीतिक अस्थिरता र अन्य विभिन्न विषयमा छलफल भएको बुझिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस