२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘उद्योग व्यवसायको सुरक्षा प्रबन्ध हुनेछ’

अ+ अ-

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले मुलुकको अर्थतन्त्रको उन्नयनमा टेवा पुर्‍याइरहेका उद्योग–व्यवसायको समूचित प्रबन्ध हुने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाल एलपी ग्यास उद्योग संघको २६ औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले देशको अर्थतन्त्रको विकासमा केही हदसम्म भए पनि योगदान गरेको ग्यास उद्योगलाई प्रवद्र्धन गरिने बताए ।

‘आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन वर्तमान सरकारको उच्च प्राथमिकताको विषय भएकाले ग्यास उद्योग मात्र नभई देशका सम्पूर्ण उद्योगको ध्यान त्यसतर्फ केन्द्रित हुन आवश्यक छ’, उत्पादकत्व वृद्धिलाई केन्द्रमा राखेर काम गर्न उद्यमी–व्यवसायीहरूलाई आह्वान गर्दै गृहमन्त्रीले भने ।

उनले ग्यासमा मात्र नभई बिजुली र सौर्य ऊर्जा प्रवद्र्धनमा पनि लगानी गर्न ग्यास उद्योगीलाई आग्रह गरे । स्वच्छ ऊर्जामा गरिने लगानीले दीगो प्रतिफल प्रदान गर्ने तर्क गर्दै उनले राष्ट्रिय उत्पादकत्व वृद्धिबाटै समृद्धि तर्फको नेपालको यात्रा सहज हुने विचार व्यक्त गरे । उनले नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीलाई गत आवमा उत्कृष्ट कार्यसम्पादन गरेबापत सम्मान गरे । सङ्घले नेपाल सरकारको निर्णयबमोजिम सर्वोत्कृष्ट ठहरिएका पुडासैनीलाई सम्मान गरिएको प्रष्टीकरण दिएको छ ।

उद्योग मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले औद्योगिक सुरक्षा, उद्योग धन्दाको विकास र उपभोक्ता हित प्रवद्र्धन सरकारको चाहना भएकाले देशका राष्ट्रियहित र आर्थिक विकासमा सघाउने कर्तव्यबाट उद्योग क्षेत्र विमुख हुनु हुँदैन भन्नुभयो ।” राष्ट्रिय उद्योगहरूको संरक्षण गर्न सरकार सधैँ क्रियाशील रहेको बताउँदै उहाँले उद्यमी–व्यवसायीका समस्या समाधानका निम्ति उनीहरूसँग सहकार्य गर्न तयार रहेको दोहोर्‍याए ।

सङ्घका अध्यक्ष गोकुल भण्डारीले अर्बौको लगानी भएको ग्यास उद्योगलाई सरकारी संरक्षण र प्रवद्र्धन अपरिहार्य भएको बताउँदै त्यस निम्ति नेपाल आयल निगमलगायत संस्थाको साथ र सहयोगको अपेक्षा सङ्घले गरेको बताए ।

प्रतिक्रिया दिनुहोस