२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्सेमा उच्च अङ्कको गिरावट

अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४०.२६ अङ्कले घटेर दुई हजार ८८९.०३ मा झरेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.१६ विन्दुले घटेर ५३८.५० मा ओर्लेको छ । नेप्सेको ओरालो यात्रासँगै कारोबार रकमसमेत रु पाँच अर्बमा सीमित भएको छ । कूल २२२ कम्पनीको एक करोड पाँच लाख ५७ हजार ८६६ कित्ता शेयर रु पाँच अर्ब ३५ करोड ८० लाख ९७ हजार २५१ मूल्यमा खरिद बिक्री भए । बुधबारको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब ४३ अर्ब १८ करोड ९७ लाख ५० हजार बराबर रहेको छ ।

नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ । त्यसमा बैंकिङ २०.७४, व्यापार २७.२१, होटल तथा पर्यटन ७९.५३, विकास बैंक ११६.९१, जलविद्युत् ७२.८१, वित्त ८६.७२, निर्जीवन बीमा २७२.९१, उत्पादन ७३.७९, अन्य २११६, लघुवित्त ५२.१९, जीवन बीमा १७५.३, सामूहिक लगानी कोष ०।.०५ र लगानी १.८८ विन्दुले ओरालो लागे ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २२ करोड १४ लाख ७० हजार ७५६ बराबरको कारोबार भयो । यस्तै, सानिमा लाइफ इन्स्योरेन्स रु १७ करोड दुई लाख सात हजार ११०, आइसिएसफसी फाइनान्स रु १५ करोड ३८ लाख १३ हजार १४६, रैराङ हाइड्रोपावर रु १४ करोड २८ लाख ४९ हजार २४५ र नेशनल हाइड्रोपावर रु १३ करोड २० लाख ९५ हजार ७४४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा मनकामना स्मार्ट लघुवित्त ८.२३, कर्पोरेट डेभलपमेन्ट बैंक ६.६७, छ्याङ्दी हाइड्रोपावर ४.०८, ग्लोबल आइएमई समुन्नत स्किम एक २ र माउण्टेन इनर्जी नेपालका लगानीकर्ताले १.९७ प्रतिशतले कमाए । एनआइबिएल समृद्धि फण्ड एक ६.८८, हिमालयन ऊर्जा विकास कम्पनी ५.८३, गुर्खाज फाइनान्स ५.४१, रुरु जलविद्युत् परियोजना ४.८६ र सिन्धु विकास बैंकका लगानीकर्ताले ४.४६ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस