३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली काँग्रेस बिपीको विशेष महाधिवेशन सुरु

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस (बिपी) को पहिलो विशेष महाधिवेशन काठमाडौँमा सुरु भएको छ । विसं २०७२ भदौ २४ मा स्थापना भएको सो पार्टीको पहिलो विशेष महाधिवेशन आजदेखि काठमाडौँमा सुरु भएको हो ।
महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै नेपाली काँग्रेसका नेता एवं पूर्व सभामुख दमननाथ ढुङ्गानाले नेपालको प्रजातान्त्रिक आन्दोलनका नेता एवं समाजवादका प्रवर्तक जननायक विश्वेश्वरप्रसाद कोइरालाका विचारलाई जनस्तरमा पु¥याए समृद्ध समाज निर्माण गर्न सकिने बताए ।

‘बिपी कोइरालाले अगाडि सार्नुभएको राष्ट्रियता, प्रजातन्त्र र समाजवादमार्फत् समृद्ध नेपालको परिकल्पनालाई साकार बनाउन नेपाली काँग्रेस बिपी लाग्ने मैले विश्वास लिएको छु,’– उनले भने । (नेकपा एमाले)का नेता एवं सांसद कृष्णभक्त पोखरेलले बिपी कोइराला ठूलो विचारक भएको बताए ।

‘बिपी कोइरालाको प्रथम जननिर्वाचित दुई तिहाइको सरकारदेखि अहिलेसम्म दुई तिहाइका सरकार विभिन्न कारणले ढल्दा देशले विकासको फड्को मार्न सकेन, यो मुलुकका लागि दुर्भाग्य हो,’ उनले भने । लोकतान्त्रिक समाजवादी पार्टीका सहमहामन्त्री डा सुरेन्द्र झाले विभिन्न राजनीतिक दलले आफ्नो महाधिवेशन समयमा गराउन नसकेको वर्तमान अवस्थामा नेपाली काँग्रेस बिपीले आफ्नो विशेष महाधिवेशन समयमा गराएर उदाहरणीय काम गरेको बताए ।

‘बिपी कोइरालाले अगाडि सार्नुभएको राष्ट्रिय मेलमिलापको नीति अहिलेसम्म पनि नेपाली राजनीतिमा उत्तिकै सान्दर्भिक रहेको छ,’उनले भने । ‘नेपाली काँग्रेस बिपीले पुरातनवादी सोचलाई त्यागेर नयाँ सोच र विचारका साथ अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो ।’

नेपाली काँग्रेस बिपीका सभापति हरिबोल भट्टराईले गौरवपूर्ण इतिहास बोकेको मुलुकको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेसले बिपी कोइरालाले देखाएको बाटो बिराएकाले आफूहरु वैकल्पिक शक्ति निर्माणमा लाग्नुपरेको बताए ।

‘राष्ट्रियताको रक्षा, प्रजातान्त्रिक हकअधिकार र आर्थिक विकासका लागि नेपाली काँग्रेस बिपीले आगामी दिन आफ्नो कार्यदिशा तय गर्नेछ,’ उनले भने ।
नेपाली काँग्रेस बिपीका उपसभापति झलकनाथ वाग्ले, महामन्त्रीद्वय सुशीलमान शेरचन र पुष्प पराजुली, कार्यालय सचिव सुशील वाग्लेलगायतले समावेशी सिद्धान्तको मर्मलाई पूर्णरुपमा आत्मासाथ गर्दै नेपाली काँग्रेस बिपी अगाडि बढ्ने बताएका थिए ।

तीन दिन चल्ने यस महाधिवेशनले सभापति एक, वरिष्ठ उपसभापति एक, महामन्त्री एक, सहमहामन्त्री एक र २१ केन्द्रीय सदस्य निर्वाचित गर्नेछ । यस महाधिवेशनमा देशभरका ५० जिल्लाका झण्डै ५०० महाधिवेशन प्रतिनिधि सहभागी हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस