सुनको मूल्य ६ सय रुपैयाँले बढ्यो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सुनको मूल्य ६ सय रुपैयाँले बढ्यो


३० भाद्र २०७८, बुधबार


काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ।

बुधबार सुन तोलामा ६ सयले बढेर ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासङ्घले जनाएको छ। मंगलबार सुन तोलाको ९० हजार ६ सय कायम गरिएको थियो ।

तेजाबी सुन तोलाको ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य स्थिर रहेको छ। आज चाँदी तोलाको एक हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। हिजो (मंगलबार) पनि चाँदी तोलाको एक हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस