काँग्रेसले थप आठ जिल्लाको क्रियाशील सदस्यता विवाद टुङ्ग्यायो « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

काँग्रेसले थप आठ जिल्लाको क्रियाशील सदस्यता विवाद टुङ्ग्यायो


३० भाद्र २०७८, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसले थप आठ जिल्लाको क्रियाशील सदस्यता विवाद टुङ्गिएको छ ।

क्रियाशील सदस्यतामा विवाद देखिएका काभ्रे, सिन्धुपाल्चोक, मोरङ, महोत्तरी, बाजुरा, बर्दिया, पर्सा र कैलालीको विवाद टुङ्गिएको हो ।

निर्वाचन समितिका अनुसार विवाद टुङ्गिएका जिल्लाको क्रियाशील सदस्यको नामावली आजै साँझसम्म वेबसाइटमार्फत सार्वजनिक गरिने भएको छ । बाँकी १३ जिल्लाको पनि क्रियाशील सदस्यता विवाद छिट्टै टुङ्ग्याउने समितिले जनाएको छ ।

काँग्रेसको हालसम्म ५६ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको छ । क्रियाशील सदस्यता विवाद देखिएका बाँकी २१ जिल्लाको वडा अधिवेशन असोज ६ गतेलाई तोकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस