२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विभिन्न घटनामा संलग्न १८ फरार अभियुक्त पक्राउ

अ+ अ-

गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले विभिन्न घटनामा संलग्न १८ फरार अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले जिल्ला अदालत गोरखाबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना फैसला सुनाइ फरार हुँदै आएका अभियुक्तलाई पक्राउ गरी कारागार चलान तथा जरिवाना असुल उपर गरिएको प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

पक्राउ परेका अभियुक्तमध्ये चारजनालाई अदालतको फैसला बमोजिम कैद सजाय भुक्तानीका लागि कारागार चलान गरिएको उनले बताए । दाहालका अनुसार बैंकिङ कसूर शीर्षकमा मुद्दा फैसला गरी सजाय सुनाइएका गण्डकी गाउँपालिका–४ का लोकबहादुर भट्ट, सरकारी कागजात किर्तेशीर्षक मुद्दामा सजाय सुनाइएका शहीद लखन–७, का अनिल तिवारीलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै लागुऔषध मुद्दा सजाय सुनाइएका शहीद लखन गाउँपालिका–६ का नारायण योगी र गोरखा नगरपालिका–९ का रवीन खत्रीलाई पनि पक्राउ गरी जेलचलान गरिएको उनले बताए । पक्राउ परेका अन्य १८ जना अभियुक्तलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाइ जरिवाना असुल उपर गरी छोडिएको उपरीक्षक दाहालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस