झापामा ग्यास सिलिन्डर चुहावट भई एक घरमा आगलागी‚ तीनजना घाइते « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

झापामा ग्यास सिलिन्डर चुहावट भई एक घरमा आगलागी‚ तीनजना घाइते


२७ भाद्र २०७८, आइतबार


आगलागी

झापा । अर्जुनधारा नगरपालिका-७ पुष्पलाल मार्गस्थित एक घरमा ग्यास सिलिन्डर चुहावट भई आगलागी हुँदा एकै परिवारका तीन जना घाइते भएका छन् ।

रोमनाथ खनालको इँटाको वालमाथि जस्ताको छाना भएको एक तले घरमा हिजो (शनिबार) साँझ साढे ६ बजे आगलागी भएको प्रहरी कार्यालय झापाले जनाएको छ ।

नयाँ ग्यास सिलिन्डर फेर्ने क्रममा ग्यास चुहावट भई आगलागी हुँदा घरधनी ४२ वर्षीय रोमनाथ, उनकी श्रीमती ३८ वर्षीया दुर्गा र १८ वर्षीय छोरा पंकज घाइते भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

घाइते तीनै जनालाई उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएको छ ।

घरमा लागेको आगो बिर्तामोड नगरपालिकाको दमकल, इलाका प्रहरी कार्यालय बिर्तामोड, प्रहरी चौकी शनिश्चरे र स्थानीयवासीको सहयोगमा बेलुका साढे ७ बजे पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस