प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध


२३ भाद्र २०७८, बुधबार


काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसदहरूले पून: प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेका छन्। एमालेको अवरोध पश्चात प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध भएको छ ।

बुधबार दिउँसो बैठक सुरू हुनासाथ एमाले सांसदहरूले आफ्नो पार्टी फुटाउन सभामुख मतियार बनेको भन्दै नाराबाजी गरेका थिए। पहिलो बैठक अवरोध भएपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटकालागि बैठक स्थगन गरी एमाले नेताहरुसँग छलफल गरी सुरु भएको दोस्रो बैठकमा पनि नाराबाजी गरेपछि बैठक अवरुद्ध भएको हो

सभामुख सापकोटाले संविधान, कानुनको बर्खिलाप आफूले कुनै काम नगरेको प्रस्ट पारेका छन् । बुधबार प्रतिनिधिसभाको दोस्रो बैठक आरम्भ भएलगत्तै नेकपा एमालेका सांसदहरुले नाराबाजी गर्न थालेपछि सभामुख सापकोटाले आफू संविधान, ऐन, कानुनअनुसार अघि बढ्न प्रतिवद्ध रहेको बताए ।

उनले एमाले सांसदहरुलाई भने, ‘मैले संविधान, नियम कानुनको बर्खिलाप केही गरेको छैन, त्यसकारण सदन संचालन गर्न दिनुस् ।’ यद्यपि, एमालेका सांसदहरुले ‘संसदको मर्यादा कायम गर, पक्षपातपूर्ण व्यवहार बन्द गर,’ लगायतका नारा लगाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस