स्रोत नखुलेको ११ लाख रुपैयाँसहित एक भारतीय पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

स्रोत नखुलेको ११ लाख रुपैयाँसहित एक भारतीय पक्राउ


२३ भाद्र २०७८, बुधबार


काठमाडौँ । चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट स्रोत नखुलेको ११ लाख नेपाली रुपैयाँसहित भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत पश्चिम बङ्गाल हाउडा घर बताउने १९ वर्षीय सोविक आदक छन्।

उनलाई हिजो (मंगलबार) राति प्रहरीले पक्राउ गरेको काठमाडौँ जिल्ला प्रहरी परिसरले जनाएको छ।

उनी धादिङबाट काठमाडौँतर्फ आउँदै गरेको बा ४ ख ४४५० नम्बरको बसमा थिए।

प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई झोलामा लुकाएर ल्याएको उक्त स्रोत नखुलेको नगदसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस