काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ।
एमालेले भोलि (बुधबार) बिहान ९ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो ।
बुधबार संसद् अधिवेशन आह्वान भएपछि एमालेले संसदीय दलको बैठक बोलाएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
बैठकमा संसदमा कसरी प्रस्तुत हुने लगायतका विषयमा छलफल हुनेछ ।