काठमाडौँ ।नेपाली काँग्रेसको संसदीय दलको बैठक आज (मंगलबार) बस्दै छ ।
भोलि (बुधबार) बोलाइएको संसद् बैठकका विषयमा छलफल गर्न संसदीय दलको बैठक बस्न लागेको हो । बैठक आज दिउँसो २ बजे बस्नेछ ।
संसद् भवनको ल्होत्से हलमा बैठक बस्ने काँग्रेसले जनाएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपतिबाट बुधबार अपराह्न ४ बजेका लागि संसद्को बैठक डाकिएको छ ।