२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री रोजगार कार्यक्रम : ९० प्रतिशत युवाले पाए रोजगार

अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री रोजगारी कार्यक्रम (पीएमईपी) अन्तर्गत गत वर्ष सञ्चालन गरिएका रोजगारमूलक साना परियोजनाबाट लक्ष्यको ९० प्रतिशत युवाले रोजगारी पाएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत वर्ष दुई लाख युवालाई न्यूनतम १०० दिनको रोजगारी दिने लक्ष्य लिएकोमा सो अवधिमा ९० प्रतिशत अर्थात् एक लाख ७८ हजार ४३२ जनाले रोजगारी पाएको जानकारी दिएको छ ।

सहसचिव एवं पीएमईपीका राष्ट्रिय कार्यक्रम निर्देशक सुमन घिमिरेले कार्यविधि अनुसार स्थानीय तहलाई कार्यक्रम छनोट गर्ने अधिकार दिएपछि रोजगार कार्यक्रम लक्ष्य नजिक पुगेको बताएका छन् ।

‘सूचीकृत भएका अधिकतम बेरोजगारलाई रोजगारी दिने लक्ष्यअनुसार विगत वर्षभन्दा बढी बजेट निकासा गरिएको थियो,’ कार्यक्रम निर्देशक घिमिरेले भने, ‘विगत वर्षको तुलनामा रोजगारी सिर्जनाका लागि आवश्यक बजेट दोब्बरले वृद्धि गरेर ११ अर्ब ६० करोड पुर्‍याएको थियो ।

अघिल्लो आवमा कुल ७०१ स्थानीय तहलाई सशर्त अनुदान हस्तान्तरण गरिएकोमा महालेखा नियन्त्रक कार्यालयको वित्तीय प्रगति विवरणअनुसार एक अर्ब ७६ करोड तीन लाख ४४ हजार ७२ खर्च भई ६५।४९ प्रतिशत वित्तीय प्रगति देखाएको थियो ।

सरकारले न्यूनतम १०० दिनको रोजगारी दिन सञ्चालन गरेको पीएमईपी अन्तर्गत गत वर्ष १६ हजार ४८६ आयोजना सञ्चालन गरेको थियो । यो आयोजनाबाट १३ करोड दिन बराबरको कार्य घण्टाभन्दा बढी समय रोजगारी सञ्चालन भएको मन्त्रालयले जनाएको छ । कुल ७५३ स्थानीय तहले विभिन्न क्षेत्रमा रोजगारमूलक कार्यक्रम सञ्चालन गर्न अनुदान पाएका थिए ।

प्रतिक्रिया दिनुहोस