२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुक्त हलियालाई आत्मनिर्भर बनाउन योजनाबद्धरूपमा अगाडि बढ्छौँ : मुख्यमन्त्री भट्ट

अ+ अ-

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मुक्त हलियालाई आत्मनिर्भर बनाउनका लागि योजनाबद्धरूपमा कार्यक्रम अगाडि बढाइने बताएका छन् ।

हिजो (सोमबार) पुर्नवास नगरपालिका–९ सीताबस्तीमा १३औँ हलिया मुक्ति दिवसका अवसरमा उनले मुक्त हलिया परिवारलाई आयआर्जनसँग जोडेर स्वरोजगार बनाइने बताए ।

प्रदेश सरकारले समाजमा पछाडि परेका वर्गहरुको उत्थानलाई लक्ष्य गरी ल्याउन लागेको कानून निर्माणको काम अन्तिम चरणमा पुगेको बताए । पुनःस्थापन, छुट मुक्त हलियाको अभिलेखीकरण, वृत्ति विकास, सहुलियत ऋण प्रदान गर्ने लगायतका काम छिट्टै अगाडि बढाइने उनले बताए ।

‘मानव जाति रहँदासम्म सङ्घर्ष जारी रहन्छ’, उनले भने, ‘समाजभित्रको गलत चिन्तन परिवर्तन नहुँदासम्म कानुन मात्रै बनाए पुग्दैन ।’ यसका लागि साझा सङ्घर्षको उठान गर्नु जरुरी रहेको उनले बताए। स्वरोजगार कार्यक्रममा केही गर्नुपर्छ भन्ने भावना भएका युवालाई सहभागी गराउनुपर्नेमा जोड दिँदै उनले युवालाई स्वरोजगार बनाई नमुनाका काममा संलग्न गराइने बताए ।

राजनीतिक परिवर्तनसँगै जनताले विकासको अनुभूति गर्न पाएको धारणा अघि सार्दै उनले स–साना योजनाका लागि पनि पहिला देशकै राजधानीको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य भएको बताए ।

सुदूरपश्चिम सरकार गरिब जनताको सरकार भएकाले कमजोर वर्गका लागि काम गर्दै आएको उनको भनाइ थियो । राजनीतिक उपलब्धिलाई बचाई राख्नका लागि एकताबद्ध भएर सबैले अगाडि बढ्नुपर्ने उनले बताए ।

सीमा क्षेत्रमा बसोबास गर्ने जनताले जङ्गली जनावरबाट समस्या झेल्दै आएकाले त्यसको निदानका लागि ‘फेन्सिङ’ लगाउनका लागि बजेटको यथोचित व्यवस्था गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस