२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेले गठबन्धनसँग प्रतिस्पर्धा गर्छ : अध्यक्ष ओली

अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले पाँच दलीय गठबन्धनसँग प्रतिस्पर्धा गरेर जनमत ल्याउने विश्वास व्यक्त गरेका छन् । पार्टी निकट राष्ट्रिय युवा सङ्घ नेपालले आज आयोजना गरेको भेलामा पूर्वप्रधानमन्त्री ओलीले भने, ‘हामी अबको एमालेलाई फुट्दा नफुट्ने, निःस्वार्थी र देश बनाउन सक्षम शक्ति बनाउनेछौँ ।’

उनले सरकारले राष्ट्रिय स्वाधीनताका पक्षमा प्रदर्शन गर्ने र अभिव्यक्ति दिनेलाई कारबाहीको चेतावनी दिनु लोकतन्त्रको मर्मविपरीत भएको बताए । अध्यक्ष ओलीले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो पार्टीले कारबाही सिफारिस गरेका सांसदलाई कारबाही नगरेको गुनासो गरे ।

एमालेका स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले सर्वोच्च अदालतले गत असार २८ गते दिएको संसद् पुन स्र्थापना र प्रधानमन्त्री नियुक्तिसम्बन्धी फैसलाप्रति आफ्नो पार्टीको विमति रहेको बताए । युवा सङ्घका इन्चार्ज महेश बस्नेतले सरकारले सुकुम्बासी र भूमिहीनतलाई जमिन दिन गठित आयोगलाई विघटन गरेर निराश बनाएको आरोप लगाए । सङ्घका अध्यक्ष किरण पौडेलले समृद्धिको स्पष्ट योजनासहित अघि बढिरहेको सरकारलाई पार्टीकै केही नेताको संलग्नतामा हटाइएको आरोप लगाए ।

कार्यक्रममा रेस्लिङ खेलाडी विष्णु सिंह, बडिबिल्डर मिलन श्रेष्ठ, काठमाडौँका प्रतीक श्रेठ, नरेश महर्जन, मनोहर श्रेष्ठ, प्रवीण सिलवाल, विकास शाक्य लगायतलाई पार्टी प्रवेश गराइएको थियो । सो अवसरमा कलाकार जीवन शर्मा, राजाराजेन्द्र पौडेल लगायतले प्रस्तुति दिएको थियो भने अध्यक्ष ओलीले आफूहरूले आगामी दिनमा जीवन शर्मा साङ्गीतिक कार्यक्रम गर्ने घोषणा गरे । सोही अवसरमा सगरमाथाको शिखरमा २०७८ साल जेठ १७ गते पुगेर अध्यक्ष ओलीको फोटो लैजान सफल सङ्खुवासभाका कार्यकर्ता पासाङ शेर्पा ग्याल्जेनको शिखर चुमेको तस्बिर हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस