२४ घण्टामा थप १२६८ जनामा कोरोना पुष्टि, ९ जनाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

२४ घण्टामा थप १२६८ जनामा कोरोना पुष्टि, ९ जनाको मृत्यु


१९ भाद्र २०७८, शनिबार


काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६७५३ पीसीआर परीक्षणमा १०२४ जना र ३१२२ एन्टिजेन परीक्षणमा २४४ जना गरी १२६८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज (शनिबार) २ हजार १९५ जना कोरोना संक्रमणमुक्त भएसँगै आजसम्म कोरोनामुक्त भई घर फर्किनेको संख्या ७ लाख २५ हजार ६ सय ५१ जना रहेको छ ।

त्यस्तै देशभर पछिल्लो २४ घण्टामा कोरोनाका कारण ९ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या १० हजार ८ सय १८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३१ हजार ८ सय २६ जना रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस