३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसको चुनावको चहलपहल

अ+ अ-

पाल्पा । नेपाली काँग्रेसको गाउँ/नगर वडा अधिवेशनले जिल्लामा चहलपहल ल्याएको छ । कोरोनाले सुनसान बनेको यहाँ सो पार्टीको वडा तहको निर्वाचनले चहलपहल ल्याएको हो ।

वडातहको निर्वाचनमा सहभागी हुन जिल्ला बाहिर रहेका काँग्रेसका कार्यकर्ता पाल्पा आइसकेका छन् । वडा तहको निर्वाचनमा नेतृत्व चयनका विषयमा सदरमुकाम तानसेन र रामपुर नगरपालिका क्षेत्रभित्र आपसमा छलफल, भेला र वहस भईरहेको छ । हिजो हुने भनिएको वडा तहको निर्वाचन भने आन्तरिक कारणले हुन नसकेको काँग्रेस पाल्पाले जनाएको छ ।

काँग्रेस जिल्ला कार्यसमिति पाल्पाका सचिव झपेन्द्र गहिरेका अनुसार पाल्पाका दशवटा स्थानीय तहका ८१ वडामा भदौ २१ गते निर्वाचन हुने छ । पाल्पाको निर्वाचन सम्पन्न गराउन पार्टीले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई निर्वाचत अधिकृतको जिम्मेवारी दिएको छ ।

वडा तहको निर्वाचन सम्पन्न भएपछि स्थानीय तहको निर्वाचन हुने भएको छ । पाल्पामा दुई नगरपालिका र आठ गाउँपालिका छन् । काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत गाउँ/नगरपालिकास्तरको अधिवेशन भदौ २७ गते हुने भएको हो । वडा तहको निर्वाचन सम्पन्न भए पनि स्थानीय तहको निर्वाचनले कार्यकर्ता जिल्लामै रहने भएका हुने ।

प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकिएको छ । एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म हुने छ । केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गते हुने निर्णय भइसकेको छ । नेपाली काँग्रेस, पाल्पाका सभापति वीरबहादुर रानाले काँग्रेसको वडादेखि जिल्ला तहसम्म अधिवेशन निर्धारित समयमा सम्पन्न गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस