२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विवेकशील पार्टीको छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बस्दै

अ+ अ-

काठमाडौँ । विवेकशील साझा पार्टीका अध्यक्ष र संयोजकले छुट्टाछुट्टै बोलाएको केन्द्रीय समितिको बैठक आज (बिहीबार) बस्ने भएको छ।

पार्टीका अध्यक्ष मिश्रले आज मध्यान्ह १२:३० बजे बैठक राखेका छन् भने संयोजक पाण्डेले आज बिहान ११ बजे नै बैठक राखेका छन्।

केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्ने विषयमा कुरा नमिलेपछि छुट्टाछुट्टै बैठक राखिएको हो । अध्यक्ष र संयोजकले राखेको दुवै केन्द्रीय समिति बैठक भर्चुअल रूपमा हुनेछ।

अध्यक्ष मिश्रले सङ्घीयता खारेजी र धर्म निरपेक्षतामा जनमत सङ्ग्रहको प्रस्ताव अगाडि सारेसँगै संयोजक पाण्डेलगायत चार नेताले पनि अर्को प्रस्ताव ल्याएका थिए।

अध्यक्ष मिश्रले पार्टीमा देखिएको अन्यौलता हटाउन केन्द्रीय समिति बैठक बोलाइएको बताइरहेका छन् भने संयोजक पाण्डेले अध्यक्ष समझदारीमा नचलेपछि बाध्य भएर केन्द्रीय समिति बैठक राख्नुपरेको बताइरहेका छन्।

अध्यक्ष मिश्रले पक्षले संयोजकलाई केन्द्रीय समिति बैठक राख्ने अधिकार नहुने बताएको छ भने संयोजक पाण्डे पक्षले अध्यक्ष र संयोजकको सहमतिमा मात्रै बैठकका एजेन्डा तय गरिनुपर्ने बताएका छन्।

‘म फेरि इमेल जुहारीमा संलग्न हुन चाहन्न,’ अध्यक्ष मिश्रले संयोजक पाण्डेलाई पठाएको इमेलमा भनिएको छ, ‘जे भन्नुपर्छ केन्द्रीय समितिमा भनौँ भन्ने मेरो आग्रह छ। बिहीबार १२:३० मा हुने केन्द्रीय समिति बैठकमा उपस्थित हुन अनुरोध गर्दछु।’

तर संयोजक पाण्डेले भने केन्द्रीय समिति बैठक स्थगित गर्न माग गरेका छन्। पार्टी विधान तथा घोषणा पत्र र पूर्व सहमतिहरू उलङ्घन गर्दै अध्यक्षले एकलौटी हिसाबले केन्द्रीय समिति बैठक आह्वान गरेकोले स्थगित गरिनुपर्ने संयोजक पाण्डेले पठाएको इमेलमा उल्लेख छ।

उनले केन्द्रीय समिति बैठकहरू अहिले स्थगित गरेर भौतिक रूपमै गर्ने र पार्टीलाई विभाजन हुनबाट केन्द्रीय सदस्यहरूले पनि रोक्नुपर्ने उल्लेख गर्दै इमेल गरेपछि अध्यक्ष मिश्रले पनि इमेलबाटै १४ बुँदामा प्रस्टाउन खोजेका छन्।

प्रतिक्रिया दिनुहोस