रूपन्देहीमा जारी निषेधाज्ञा भदौ ३१ सम्म लम्बियो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

रूपन्देहीमा जारी निषेधाज्ञा भदौ ३१ सम्म लम्बियो


१५ भाद्र २०७८, मंगलबार


रुपन्देही । जिल्ला प्रशासन कार्यालय रूपन्देही प्रशासनले भदौ मसान्तसम्म निषेधाज्ञा लम्ब्याएको छ । वैशाख १५ देखि जारी निषेधाज्ञा भदौ ३१ मध्यरातसम्मका लागि लागि लम्ब्याइएको हो । यस बीचमा तीज पर्व पनि परेकाले नाचगान र जमघट गर्न पूर्णरूपमा रोक लगाइएको छ । यसअघिका निषेधाज्ञामा रोक लगाइएका सबै नियमलाई निरन्तरता दिएको हो ।

डिसीसीएमसीको बैठकले निषेधाज्ञा जिल्लामा जारी निषेधाज्ञा भदौ ३१ गते राति १२ बजेसम्म थप्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस