२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भरतपुर अस्पतालमा ठगिन्छन् बीमाका बिरामी

अ+ अ-

चितवन । भरतपुर अस्पतालको स्वास्थ्य बीमा कार्यक्रमका फोकल पर्सन नारायण सापकोटा आफैले हेर्ने बीमा कार्यक्रममा ठगिएका छन् । आफ्नो श्रीमतीको पित्तथैलीको शल्यक्रिया गर्दा बीमामा रु २७ हजार ५०० दाबी गरे । त्यसो त अस्पतालमा औषधि नभएपछि रु चार हजारको औषधि बाहिर किन्नुपर्‍यो ।

आम नागरिक झैँ बीमाबाट रकम काट्ने र छुट्टै औषधि किन्नु पर्दा आफू पनि मर्कामा परेको उनले स्वीकार गरे । बीमा बोर्डसँग भरतपुर अस्पतालले शल्यक्रियाको औषधि, परीक्षण, श्यया, शल्यक्रिया शुल्कलगायत सबैको प्याकेजमा रकम तय भएको छ ।

अस्पतालले शल्यक्रिया गर्दै गर्दा आफूले सुविधा दिन नसके पनि पूरै रकम सेवाग्राहीको खाताबाट दाबी गरेर बीमा बोर्डसँग लिने गर्दछ । सापकोटाले भने, ‘औषधि उपलब्ध गराउने जिम्मा अस्पतालको हो’, दोहोरो खर्च गराउनु गलत भएको भन्दै उनले भने ।

बीमाले लगभग ८० प्रतिशत औषधि समेटेको भए पनि अस्पतालले दिन नसकेको उनको भनाइ छ । अस्पतालमा औषधि नहुँदा शल्यक्रियासँगै दमका बिरामी, ज्वरोका बिरामी पनि मर्कामा पर्ने गरेको सापकोटाको भनाइ छ । अस्पताल र बीमा बोर्डका बीचमा पित्तथैलीको ल्याबकोली (मेसिनबाट गरिने शल्यक्रिया) गर्दा प्याकेजमा रु २७ हजार ५०० दाबी गर्ने उल्लेख छ भने चिरेर शल्यक्रिया गर्दा रु १८ हजार उल्लेख छ ।

त्यस्तै एपेन्डिसाइडको रु १५ हजार ५०० रहेको छ । सापकोटाको भनाइमा सबै शल्यक्रियाको दररेट छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रोशन न्यौपाने अस्पतालमा अधिकांश औषधि आपूर्ति गराउन आफूहरु लागि परेको बताउँछन् । औषधि दिन नसकेको उनले स्वीकार गरे । प्रत्यक्ष रुपमा बिरामी प्रभावित भएको विषयमा थप बुझ्ने न्यौपानेको भनाइ छ ।

बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौला औषधि उपलब्ध नगराएर रकम दाबी गर्न नपाउने बताउँछन्। यस विषयमा प्रत्यक्ष रुपमा अस्पतालमा कर्मचारी पठाएर बुझ्ने उनको भनाइ छ । सरकारी अस्पतालले राम्रो गर्छन् भन्ने उद्देश्यका साथ बीमा कार्यक्रमको पहिलो विन्दु सरकारी अस्पताल बनाइएको भन्दै उनले बिरामी र बोर्ड कोही पनि ठगिन नहुने बताए ।

भरतपुर अस्पताल यस क्षेत्रमा बीमामा धेरै दाबी गर्ने अस्पताल पर्दछ । यस अस्पतालले मासिक रु दुई करोड भन्दा बढी बीमाबाट रकम दाबी गर्दछ ।

प्रतिक्रिया दिनुहोस