२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस महाधिवेशन निर्धारित समयमै हुन्छ : डा महत

अ+ अ-

दाङ । नेपाली काँग्रेसका सह महामन्त्री डा प्रकाशशरण महतले क्रियाशील सदस्यतासम्बन्धी विवाद अन्त्य भएसँगै पार्टीको १४औँ महाधिवेशन निर्धारित मितिमै हुने अब निश्चित भएको बताएका छन् ।

सक्रिय सदस्यतासम्बन्धी विवादका कारण काँग्रेसको महाधिवेशन हुनेमा आशङ्का गरिएको भए पनि अब त्यो आशङ्काको अन्त्य भइसकेको उनको भनाइ थियो ।

काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेकी आमा यवादेवी शर्मा घिमिरेको स्मृतिमा हिजो (शनिबार) आयोजित श्रद्धाञ्जलिसभामा डा महतले पार्टीको महाधिवेशनको तयारीमा लाग्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे।

उनले गत शुक्रबार शीर्ष नेताबीच भएको छलफलले काँग्रेसको महाधिवेशन निर्धारित मितिमै हुने सुनिश्चित गरिसकेको जानकारी दिए । डा महतले अघिल्लो ओली सरकारले निर्वाचनका बेलामा नेपाली जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न नसकेका कारण नेपाली जनताको इच्छाबमोजिम नै यो सरकार आएको स्पष्ट गरे ।

उनले भने, ‘नेपाली जनताले पाँच वर्षका लागि निर्वाचित गरेर पठाएको कम्युनिस्ट सरकार आफैँ सत्ताको तानातानमा लागेको र जनअपेक्षाअनुसार काम गर्न नसकेपछि नेपाली नागरिकको चाहनाबमोजिम नै यो सरकार आएको हो ।’

मुलुक निकै कठिन परिस्थितिमा रहेका बेला वर्तमान सरकार निर्माण भएकाले यो सरकारप्रतिका जनताका अपेक्षा धेरै रहेको भन्दै यी अपेक्षालाई सम्बोधन गर्ने गरी सरकारले संयमित भएर काम गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस