२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीको कटाक्ष : एकदुई पात खस्दैमा रुखलाई फरक पर्दैन

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गरेर नेकपा एकीकृत समाजवादी पार्टी निर्माण गरेका नेता माधवकुमार नेपालले पार्टी छाडेर जाँदैमा केही फरक नपरेको बताएका छन्।

शनिबार युथफोर्सले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपाललाई कटाक्ष गर्दै ओलीले भने, ‘एकदुई वटा पात खस्दैमा पीर मान्नुपर्ने अवस्था छैन। रुखबाट पात झरेर केही हुँदैन। नयाँ-नयाँ पात पलाउँछ।’

निर्वाचनमा एमालेलाई कसैले जित्न नसक्ने भएकाले जति मोर्चा बनाएर आए पनि एमालेले नै जित्ने दाबी गरे। एमाले जनताको पार्टी भएकाले विकासको एजेण्डा नभएकाहरुलाई जिताउनुको कुनै अर्थ नभएको उनको भनाइ छ।

ओलीले दाबी गर्दै भने, ‘एमालेसँग एक्लै कसैले नचिताए हुन्छ। त्यसैले मिलेर मोर्चा बनाएर लड्ने रे१ एकसय बीस जनाको मोर्चा बनाएर एमालेसँग लड्ने रु अरुले मोर्चा कसून्। नेकपा एमालेलाई त्यसले फरक पादैन।’

आफूलाई षड्यन्त्र गरेर हटाएको हुनाले आगामी निर्वाचनमा एमालेले त्यसको बदला लिने उनको जिकिर छ ।

‘कुन ठाउँमा को उम्मेदवार हुने टुंगो छैन। अरूसँग प्रतिस्पर्धा गर्ने हो। जहाँ एमाले उठ्छ, त्यहाँ जित्नुपर्छ। हामीले अहिल्यैदेखि त्यो वातावरण बनाउनुपर्छ’ ओलीको भनाइ छ।

नेपाल समूहप्रति लक्षित गर्दै ओलीले कम्युनिष्ट सरकार ढालेर पार्टी फुटाउन लाग्ने ‘कुलङ्गार’हरु पार्टीमा जन्मिएको आरोप लगाए।

ओलीले भने, ‘पार्टीलाई दुई तिहाईको अवस्थामा पुर्‍याइयो। अधिकांश स्थानमा आफ्ना जनप्रतिनिधि बनाइयो। संघ र प्रदेशमा आफ्नै पार्टीको सरकार ढाल्न लाग्ने कुलङ्गार नेता पार्टीमा जन्मिए। सूर्य चिन्हलाई धोका दिएकाहरुले नयाँ दलको पुर्जा लिएर हिँडे।’

देश बनाउने अभियान लिएका पार्टीलाई छाडेर नयाँ पुर्जा लिएर घर मालिक बनेको ओलीले आरोप लगाए।

‘आफ्नै घरको राजा हुनको लागि प्रतिक्रियावादीहरुसँग मिलेर पार्टी विभाजन गरे। त्यस्ता मान्छेलाई सम्झाएर बुझाएर सकिँदैन। एमाले सिध्याउँछु भनेर कसम खाएपछि विदेशीको दलाल बनेपछि सम्झाएर नहुने रहेछ’

अहिले अलमल गरेर बस्ने समय नभएकाले युवाहरुलाई अलमलमा नपरि पार्टीको काम लाग्न ओलीले निर्देशन दिए। पार्टी फुटेको नभएर केही बिग्रिएका मान्छेहरु चोइटिएर गएको दाबी गरे।

प्रतिक्रिया दिनुहोस