२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खोटाङका योजनाका लागि प्रधानमन्त्री देउवासँग बजेट माग

अ+ अ-

खोटाङ । नेपाली काँग्रेस खोटाङका नेता तथा कार्यकर्ताले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष दर्जनौँ योजनाका लागि बजेट माग गरेका छन् । महासमिति सदस्य एवं युवा नेता रविप्रकाश राई नेतृत्वको टोलीले बिहीबार काँग्रेस सभापतिसमेत रहेका देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर जिल्लाका दर्जनौँ सडक तथा सिँचाइ योजनाका लागि बजेट माग गरेको हो ।

ध्यानाकार्षण टोलीले प्रधानमन्त्रीलाई मागपत्र बुझाउँदै जिल्लाको पाथेका–शनिबारे–बालाबेँसी–तापखोला पक्की सडक पुल (डिपिआर भइसकेको), दिक्तेल–अल्छेढुङ्गा–नेर्पा–दोर्पाचिउरीडाँडा–दोबेला हुँदै डाँडागाउँ–चखेवा सडक स्तरोन्नति तथा पक्की पुल निर्माण, पाथेका–शनिबारे–खार्ताम्छा–फेदी सडक स्तरोन्नति, ऐंसेलुखर्क–बाकाचोल–देउराली हुँदै सोलुखुम्बु जोड्ने सडक (डिपिआर भइसकेको), सिमेडाँडा–दिक्तेल–चुप्ला हुँदै नुनथला–बुइपा स्तरोन्नतिका लागि बजेट माग गरेको छ ।

यस्तै याम्खाबाट रमिते–गाईखाने हुँदै रिभ्यू स्कूल सडक स्तरोन्नति, खोटाङ बजारबाट बडका–सावाकटहरे–लिकुवापोखरी हुँदै पामाखाम भञ्ज्याङ भोजपुर सडक स्तरोन्नति, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडा थापागाउँबाट विद्योद्धय मावि हुँदै रकु–साल्मे–रतन्छा सडक निर्माण स्तरोन्नति, चिसापानी धाप्लाङ ग्रामीण सडक सुधार योजना, उदयपुर र खोटाङ जोड्ने पक्की पुल निर्माण, रसुवा–सिम्पानी–पानधारे सडक सुधार योजना, सिम्पानी–इन्द्रेणीपोखरी–चिप्रिङ–छितापोखरी ग्रामीण सडक सुधार योजनाका लागि आवश्यक बजेट विनियोजन गरिदिन प्रधानमन्त्री देउवासमक्ष माग गरिएको सो टोलीले जनाएको छ ।

ध्यानाकार्षण टोलीले साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडा, राजकुलो सिँचाइ योजना–बाँझेडाँडागाउँ (डिपिआर सम्पन्न), बराहपोखरी गाउँपालिका–३ साउनेचौरस्थित साउने साठी कुलो सिँचाइ योजना (डिपिआर सम्पन्न), बाम्राङस्थित साँघु खोला–झिसेपु–नेवागाउँ सिँचाइ कुलो योजना, फाक्टाङको बेतुवास्थित दिहुँखोला मुहान गरी सिम्पानी–लिच्कीराम्चे खानेपानी योजना, कपुवाखोला मुहान गरी बेतुवा सिँचाइ योजना, लपुवाखोला मुहान गरी लामीडाँडा टप्पु सिँचाइ योजना, फाक्टाङस्थित टप्पु भञ्ज्याङखर्क र पाने खोला–मार्ला हुँदै बेतुवा सिँचाइ योजना, फाक्टाङका लागि प्रधानमन्त्रीसमक्ष बजेट माग गरेको टोली संयोजक राईले जानकारी दिए ।

संयोजक राईका अनुसार जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा आदिवासी जनजाति सङ्ग्रहालय भवन निर्माण गर्न, दिप्लुङमै पर्ने भानुमति मन्दिर तथा पर्यटन क्षेत्र सुधार र जन्तेढुङ्गा पर्यटन क्षेत्र सुधार योजनाका लागि समेत प्रधानमन्त्री देउवासमक्ष आवश्यक बजेट माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस