२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जोरपाटी पूर्वोत्तरको एडीएसएल सेवामा समस्या

अ+ अ-

काठमाडौँ । नेपाल टेलिकमको एडीएसएल इन्टरनेट सेवा लिएका जोरपाटी–सुन्दरीजल क्षेत्रका सेवाग्राही पटकपटक सेवा अवरुद्ध हुने क्रम नरोकिँदा समस्यामा परेका छन् । जोरपाटी–सुन्दरीजल सडक विस्तारका क्रममा रहेकाले पटकपटक सेवा अवरुद्ध हुने गरेको टेलिकमले जनाएको छ । नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कायमै रहेकाले विद्यालय सञ्चालन भएको छैन । विद्यार्थी अनलाइनबाट अध्ययन गरिरहेका बेला इन्टरनेटका कारण सेवा अवरुद्ध हुँदा अध्ययनमा समस्या भएको अभिभावक मङ्गलबहादुर तामाङको गुनासो छ ।

‘अनलाइन कक्षा चलिरहेका बेला इन्टरनेट जान्छ, फेरि जोडिन समय लाग्छ, कहिले त एउटा कक्षा सकिँदा पनि इन्टरनेट चल्दैन, नेपाल टेलिकममा उजुरी गर्दा प्राविधिक आएर एडीएसएल चल्न गाह्रो छ, अरु विकल्पमा जानु भन्छन्, यसै क्षेत्रमा बस्ने टेलिकमका प्राविधिक आफूले अरु नै सेवा लिएको सगर्व बताउँछन्’, उनले बताए । सडक, खानेपानी, ढल खन्न पटकपटक सडक खनिएकाले तार काटेर ठाउँ ठाउँमा जोड्पर्दा एडीएसएल सेवा प्रभावकारी हुन नसकेको हो । सडक विस्तार सम्पन्न नभएसम्म टेलिकमको एडीएसएल सेवा प्रभावकारी हुन नसक्ने नेपाल टेलिकम जोरपाटी शाखामा एडीएसएल शाखा हेर्नुहुने अर्जुन पोखरेलले बताए ।

टेलिकम केन्द्रीय कार्यालयका तीन प्रमुख कर्मचारी सङ्घ, सङ्गठनले पनि सेवाको गुणस्तर खस्कँदै गएको लगायत माग राखी ३७ दिनदेखि कार्यालय परिसरमा धर्ना दिँदै आएका छन् । एडीएसएल, एफटिटीएचलगायत सेवामा भएका कामका बारेमा श्वेतपत्र जारी गर्नुपर्ने कर्मचारी सङ्घ, सङ्गठनको माग छ । टेलिकमका प्रवक्ता राजेश जोशी हाल पटकपटक एडीएसएल सेवामा समस्या आएको भनी गुनासो आइरहेको जोरपाटी–सुन्दरीजल सडक विस्तारका कारण त्यस क्षेत्रमा एफटिटीएच सेवा विस्तार गर्न नसकिएको बताउछन् । यो क्षेत्रमा फाइबर टु होमअर्थात् एफटिटीएच सेवा विस्तार गर्ने कार्यक्रम छ तर सडक विस्तारकै कारण काम अघि बढ्न सकेको छैन । सबैतिर फाइबर जोड्न टेलिकमले तामाको तार किन्न छोडिसकेको उनले सुनाए ।

एडीएसएल तामाको तारका आधारमा जोडेर प्रदान गरिएको सेवा भएकाले पटकपटक तार काट्ने र जोड्ने गर्दा पनि सेवाको गुणस्तर खस्कने गरेको छ । यो समस्याका कारण जोरपाटी पूर्वोत्तरका करिब दुई हजार ल्याण्डलाइन टेलिफोन र एडीएसएल सेवामा समस्या आउने गरेको टेलिकमले जनाएको छ । सेवा अवरुद्ध भएमा १९८ मा गुनासो दर्ता गरी टेलिकमको लेखा कार्यालयको मूल्याङ्कन समितिले अध्ययन गरेर क्षतिपूर्ति दिने व्यवस्था रहेको छ । त्यसका लागि १९८ मा गुनासो दर्ता गर्नुपर्ने प्रवक्ता जोशीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस