सार्क राष्ट्रका सरकार प्रमुखहरुको बैठक बोलाउन देउवालाई आग्रह « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सार्क राष्ट्रका सरकार प्रमुखहरुको बैठक बोलाउन देउवालाई आग्रह


७ भाद्र २०७८, सोमबार


काठमाडौँ। मानवअधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई सार्क राष्ट्रका सरकार प्रमुखहरुको बैठक तत्काल आयोजना आग्रह गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा समाजले आणविक अस्त्रको विकास, परिक्षण, उत्पादन/निर्माण, भण्डारण आदिलाई निषेध गरेको आणविक हतियार निषेध सन्धि लाई तत्काल अनुमोदन गर्न प्रधानमन्त्रीसँग आग्रह गरेको छ ।

यसै गरी अफगानिस्तानमा तालिबानद्वारा सत्ता कब्जा पश्चात् विकसित घटनाक्रमका कारण त्यहाँ फसेका सबै दक्षिण एसियाली नागरिकहरुको उद्धार र सकुशल आ आफ्नो देश फिर्तीका लागि दक्षिण एसियाली सहयोग सङ्गठन सार्कको वर्तमान अध्यक्षको नाताले नेपालले तत्काल सार्क राष्ट्रका सरकार प्रमुखहरुको भर्चुअल बैठक आयोजना गरी एकीकृत एवं प्रभावकारी अभियानको प्रारूप तयार गर्न शान्ति समाजले आग्रह गरेको छ ।

यसै गरी विश्वव्यापी उष्णता, जलवायु परिवर्तन र हिमालय संरक्षणका सम्बन्धमा समेत शान्ति समाजले ध्यानाकर्षण गराएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस