माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै


६ भाद्र २०७८, आइतबार


काठमाडौँ। माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज (आइतबार) पनि बस्दै छ।

बैठक आज बिहान ११ बजे कोटेश्वर, पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

माओवादी स्थायी कमिटीको बैठक शनिबार पनि बसेको थियो ।

शनिबारको बैठकमा नेताहरूको कार्य विभाजन, आसन्न पार्टीको राष्ट्रिय सम्मेलनको तयारीलगायत साङ्गठनिक कामलाई टुङ्गो लगाउने गरी छलफल सुरु गरिएको थियो ।

आज (आइतबार) बस्ने बैठकमा टुङ्गो लगाउने गरी नेताहरूको कार्य विभाजन, आउँदो पुस ११–१३ गते आयोजना हुने राष्ट्रिय सम्मेलनको तयारीका विषयमा पनि छलफल सुरु गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस