२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लकडाउनविरुद्ध प्रदर्शन गर्दा अष्ट्रेलियामा हजारौँ गिरफ्तार

अ+ अ-

सिड्नी । अष्ट्रेलियामा लकडाउन विरुद्धमा प्रदर्शनमा उत्रिएका हजारौँलाई पक्राउ गरिएको छ ।

देशको सबैभन्दा ठूलो र सबैभन्दा धेरै जनसङ्ख्या रहेको सहर सिड्नीबाट प्रहरीले उनीहरुलाई गिरफ्तार गरेको हो ।

प्रदर्शनका क्रममा लकडाउन विरोधी प्रदर्शनकारी र प्रहरीका बीचमा झडपसमेत भएको थियो । यहाँ दैनिक सङ्क्रमितको सङ्ख्या बढीरहेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

न्यु साउथ वेल्स प्रदेश सरकारले सिड्नी र त्यस आसपासको क्षेत्रमा आगामी सेप्टेम्बर महिनासम्म लकडाउन लागु गर्ने निर्णय गरिसकेको छ ।

महामारी नियन्त्रणमा आइनसकेकाले लकडाउनलाई निरन्तरता दिनु आवश्यक रहेको ठहर गर्दै अधिकारीले लकडाउनको म्याद थप गर्ने निर्णय गरेका हुन । यस क्षेत्रमा लामो समयदेखि लकडाउन जारी छ । सिड्नीको बृहत क्षेत्र र आसपासका क्षेत्रमा लागु गरिएको लकडाउन यही अगस्ट २८ मा सकिन लागेको छ । तर सरकारको नयाँ निर्णयले अहिले लकडाउन अन्त्य नभएर फेरि एक महिना लम्बिने भएको छ । ‘हामीले खोप लगाइसकेका छौँ, अव सधैँ थुनिएर बस्न सक्दैनौँ, हामी स्वतन्त्रता चाहन्छौँ,’ प्रदर्शनमा उत्रिएका एक प्रदर्शनकारीले भने ।

प्रदर्शनकारीले लकडाउनको नियम उलङ्घन गरेको भन्दै प्रहरीले उनीहरुलाई प्रदर्शनमा रोक लगाएको थियो । प्रहरीको आदेश अस्विकार गर्नेलाई प्रहरीले गिरफ्तार गरेको हो ।

प्रदर्शनकारी र प्रहरीबीचमा झडप हुँदा कम्तीमा सात अधिकारी घाइते भएको प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरी प्रदर्शनमा उभिएका २०० भन्दा बढीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

कतिपय क्षेत्रमा राति ९ बजेदेखि बिहान ०५ बजेसम्म कफ्र्यू पनि लागु गरिएको सरकारी अधिकारीले जनाएका छन् । तर अत्यावश्यक काम, स्वास्थ्य सेवालगायतका लागि भने स्थानीय अधिकारीको अनुमति र समन्वयमा हिड्डुल गर्न पाइने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस