काठमाडौँ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले शुक्रबार गरेको अध्ययन प्रतिवेदनले कक्षा १० को शैक्षिक उपलब्धि बढेको उल्लेख गरेको छ ।
शिक्षा पत्रकार सञ्जालले शुक्रबार गरेको कार्यक्रममा केन्द्रले सन् २०११ कक्षा १० को शैक्षिक उपलब्धि ४१ प्रतिशत रहेकोमा २०२० मा ५० प्रतिशत पुगेको जानकारी गराएको हो । केन्द्रका महानिर्देशक शिवकुमार सापकोटाले अहिलेको उपलब्धिमै सन्तुष्ट भने हुन नसकिने बताएका छन्।
केन्द्रले एक हजार आठ सय विद्यालयका प्रधानाध्यापक, तीन हजार छ सय शिक्षक र बयालिस हजार विद्यार्थीमा गणित, विज्ञान, अङ्ग्रेजी र नेपाली विषयमा गरेको सर्वेक्षणमा यस्तो नतिजा देखिएको हो ।
आर्थिक रूपमा सम्पन्न परिवारका विद्यार्थी, सहर, निजी विद्यालयका विद्यार्थीको शैक्षिक उपलब्धि बढी रहेको केन्द्रले जनाएको छ ।