२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अक्सिजन प्लान्ट स्थापनामा ढिलाइ

अ+ अ-

बैतडी । जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको काम सुरु हुन सकेको छैन । गत असारभित्र प्लान्ट निर्माण सम्पन्न गर्ने गरी हेल्थ केयर सप्लायर्स काठमाडौँसँग सम्झौता भएको भए पनि कम्पनीले हालसम्म पनि प्लान्ट जडानको काम सुरु गर्न नसेकेको हो ।

यसका लागि सङ्घीय सरकारबाट रु एक करोड ५० लाख र सुदूरपश्चिम प्रदेश सरकारबाट रु ८० लाख बजेट प्राप्त भएको थियो । बोलपत्र आह्वान गरी सप्लायर्स छनोट गरेको भए पनि हालसम्म पनि जडानको काम सुरु नभएको अस्पतालका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिए । गएको आर्थिक वर्षको असारभित्र प्लान्ट स्थापना गर्ने भनेर सम्झौता भएको हो । गत असारमा अस्पताल र कम्पनीबिच सम्झौता भएको थियो र यसपछि कम्पनीले प्लान्ट जडानका लागि एक महिना थप गरिदिन निवेदन दिएको थियो ।

उनले भने,’एक महिना थप गरेका अवधिमा पनि प्लान्ट जडानको काम सुरु भएको छैन ।’ उनले भने,’कम्पनीको मान्छेसँग सम्पर्क गर्दा चीनबाट सामग्री मगाएका छौ, अझै नेपालमा पुगेको छैन भन्ने जवाफ आएको छ।’

कोरोना महामारीको दोस्रो लहर फैलिएसँगै जिल्लामा अक्सिजन अभाव भएपछि प्रदेश सरकार र सङ्घीय सरकारले प्लान्ट स्थापनाका लागि बजेट विनियोजन गरेको थियो । तेस्रो लहर आउने सम्भावना बढेको भए पनि प्लान्ट स्थापनाको काम नहुँदा महामारी फैलियो भने पनि उपचारमा समस्या हुने देखिएको छ ।

जिल्लामा प्लान्ट नहुँदा सिलिन्डर खरिद गरी अक्सिजन आपूर्ति गर्नुपर्ने अवस्था छ । प्लान्ट स्थापना भएपछि आवश्यकताअनुसार अक्सिजन उत्पादन गर्न सकिने जनाइएको छ ।

उक्त प्लान्ट ५० श्ययाको अस्पतालका लागि पनि सहयोग पुग्ने विश्वास गरिएको छ । प्रमुख डा जोशीले भने ‘प्लान्ट स्थापनाले ५० श्ययाको अस्पताल सञ्चालनमा आएपछि त्यसका लागि पनि सहयोग पुग्छ, कोरोनाका बिरामीका लागि मात्रै नभएर अन्य शल्यक्रिया, सघन उपचार कक्ष सञ्चालनका लागि पनि सजिलो हुन्छ ।’

अस्पतालमा १०० बढी अक्सिजन सिलिन्डर छन् भने ३२ कन्सन्ट्रेटर छन् । भारतसँग सीमा जोडिएको बैतडीमा हालसम्म कोरोनाका कारण १८ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस