२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाख्रा फार्म सञ्चालनपछि गाउँमा नै रोजगारी

अ+ अ-

बनेपा । बेथानचोक गाउँपालिका–४ पाटीखर्कस्थित हात्तीडोलका सरला कोइराला आफ्नो घरको बिहान–बेलुकाको घरधन्दा सकेर नजिकै रहेको बाख्रा फार्ममा काम गर्छिन् । बिहान–बेलुका घरको काम पनि गर्न पाउने र दिनभरि बाख्रा फार्ममा काम गरेर आम्दानी गर्न पाइने भएपछि कोइरालाको परिवार निकै खुसी छन् ।

उनले फार्ममा दिनको आठ घण्टा काम गर्नुपर्छ । त्यसरी काम गरेबापत आफूलाई चित्तबुझ्दो पारिश्रमिक पाएको उनले बताइन् । ‘घर नजिकै बाख्रा फार्म सञ्चालन भएर म दैनिक रुपमा काम गर्न थालेको ६ महिना भयो,’ उनले भनिन्, ‘काम गरेअनुसार पारिश्रमिक पनि राम्रो नै पाइरहेको छु, काम पनि ठिकै छ ।’

उनले काम भनेको दैनिक रुपमा घाँस काट्ने, खुवाउने र चराउन लैजाने हो । गाउँमा आएर फार्म खोलेर राम्रो गरेको उनको भनाइ छ । ‘फार्म सञ्चालन गरेर हामीलाई त गाउँमा नै काम गर्न पाएका छौ,’ उनले थपिन्, ‘गाउँमा बसिरहेकाहरुलाई रोजगारी मिलेको छ, यस्तै फार्महरु सञ्चालन भएपछि अरू थप विकासका कामहरु पनि सँगसँगै हुने भएकाले गाउँको विकासका लागि पनि धेरै राम्रो भएको छ ।’

उनीसँगै सो फार्ममा उनका श्रीमान् सरोज पनि काम गर्छन् । उनको काम फार्ममा भएका सबैखाले काममा ध्यान दिनु हो । काम गर्ने समय आठ घण्टा भएपनि स्थानीय बासिन्दा नै भएकाले बेलाखबत अन्य काम पनि गरिरहनुपर्ने र भैपरि आउने काममा रेखदेख र सहयोग गर्नु परेको कोइरालाको भनाइ छ ।

सोही फार्ममा सात महिनादेखि काम गर्ने बनेपा नगरपालिका–१२ भैँसेपाटीका उमेश विष्ट पनि रहेका छन् । फार्म सुरु गरेदेखि नै काम गर्दै आएका उनले भने, ‘सुरु भर्खरै भएकाले उत्पादनभन्दा लगानी बढी देखिएको छ, यसलाई निरन्तर अगाडि बढाउने योजना छ, अरू संरचना बन्दैछन ।’

नजिकैको साथी भएकाले उनकै आग्रहमा त्यहाँ पुगेर काम गर्न थालेको विष्टको भनाइ छ । ‘त्यसअघि भैँसेपाटीमा नै पसल चलाइरहेकामा त्यसबाट राम्रो आम्दानी नभएर बसिरहेको अवस्थामा यता आएर काम गर्न थालेको हुँ विष्टले भने । ‘पसल चलाउनुभन्दा फार्ममा काम गर्नु धेरै फाइदा भइरहेको छ ।’

रातिको समयमा सबै रेखदेख गर्ने काम उनले गर्छन् । सो फार्ममा अहिले एक सयवटा बाख्रा पालिएको छ । अहिलेका लागि करिब २० वटा स्थानीय जातको बाख्रा, ३० वटा खसी र बाँकी बोयर जातको बाख्रा मात्रै रहेको फार्म रेखदेख गर्ने प्रमुख लक्ष्मण सापकोटाले बताए । विशेषगरी बोयर जातको बाख्रा उत्पादन गरी पालनका लागि बिक्री गर्ने उद्देश्यले सञ्चालन गरेको सो फार्ममा चार सय वटा बाख्रा पुर्याएपछि मात्रै बिक्री सुरु गर्ने योजनामा रहेको उनले सुनाए ।

काठमाडौँका सुवास अमात्यले त्यहाँ पुगेर जग्गा खरिद गरी करिब ६ करोड लगानीमा इलाम एग्रो फार्म प्रालि सञ्चालन गर्न थालेपछि स्थानीय बासिन्दासँगै बनेपा र रयाले विहाबरका युवाहरुले पनि त्यसैमा रोजगारी पाएका छन् । त्यसरी काम गर्ने मात्रै सो फार्ममा १० जना छन् जसमध्ये दुई गोरखाको, विहाबर र बनेपाको गरी तीन तथा बाँकी त्यहीँका स्थानीय बासिन्दा रहेकोमा विहाबरका लक्ष्मणले फार्मको सबै रेखदेख गर्ने जिम्मा पाएका छन् । अहिले सो फार्ममा बाख्रासँगै गाई र भैँसी दुईदुईवटा पाल्न सुरु गरिएको फार्मका लेखापाल नवराज सापकोटाले बताए ।

कृषि र पशुपालनको कामलाई व्यवस्थित ढङ्गले व्यावसायिकता प्रदान गर्ने उद्देश्यले सुरु गरेको फार्ममा बर्खाका कारण सामान ढुवानी गर्न र आवश्यक दाना लानसमेत समस्या भएको सापकोटाले बताए । ठाउँ उपयुक्त भएकाले सुरु गरेको फार्मलाई थप व्यवस्थित गर्न त्यहाँ पुगेको विद्युत् प्रसारण लाइनको क्षमता कम भएकाले दाना बनाउने मेशिन नचलेर थन्क्याउनु परेको बताउँदै त्यसका लागि वडा कार्यालय र विद्युत् प्राधिकरणसँग कुरा भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस