एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक बस्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक बस्दै


१ भाद्र २०७८, मंगलबार


काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक बस्दैछ । स्थायी कमिटीको बैठक आज बिहान ११ बजे च्यासलस्थित तुल्सिलाल भवनमा बस्ने भएको हो ।

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने चर्चापछि अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक डाकेका हुन् । त्यसै गरी संसदीय दलको बैठक दिउँसो २ बजे संसद्को ल्होत्से हलमा बस्ने भएको छ ।

आइतबार राति सत्ता गठबन्धनका शीर्ष नेताहरूले दल विभाजनको अध्यादेशको मस्यौदा तयार गरेको जानकारी प्राप्त भएपछि सोमबार राति अध्यक्ष ओलीले वक्तव्य जारी गर्दै एमाले विभाजनको षडयन्त्र क्षम्य नहुने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस