२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काबुलस्थित विमानस्थलमा गोली चल्यो, सबै उडान रद्द

अ+ अ-

काठमाडौँ । अफगानिस्तानको काबुलस्थित विमानस्थलमा अमेरिकी सेनाले गोली चलाएको छ । अफगानिस्तान छोड्नको लागि विमानस्थलमा मानिसहरूको भिड रहेको अवस्थामा अमेरिकी सेनाले गाली चलाएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले जनाएको छ ।

तालिबानले अफगानिस्तान कब्जा गरेसँगै त्यहाँ रहेका विदेशी मुलुकहरूका नागरिकहरुले स्वदेश फिर्ता हुने क्रममा विमानस्थलमा बढिरहेको भिडका बीच अमेरिकी सेनाले गोली चलाउँदा उडान पनि रद्द गरिएको बताइएको छ ।

एएफपिसँगको कुराकानीमा एक प्रत्यक्षदर्शीले भनेका छन्, ‘मलाई धेरै डर लागिरहेको छ, धेरै हवाई फायरहरू भइसेका छन् ।’

गोली चलेसँगै सैन्यबाहेकका सबै उडान रद्द गरिएको डेलिमेलले उल्लेख गरेको छ । विमानस्थललाई अमेरिकी सेनाले सुरक्षा दिइरहेको छ । साथै अफगानिस्तानको एयर ट्राफिक कन्ट्रोललाई पनि अमेरिकी सेनाले आफ्नो नियन्त्रणमा लिएको छ ।

हजारौँको सङ्ख्यामा अफगानी नागरिकहरू पनि देश छोड्न विमानस्थल पुगेको बताइएको छ ।

नेटोका एक अधिकारीका अनुसार विमानस्थलमा गोली चलेसँगै सबै उडान रद्द गरिएका छन् । उडान सञ्चालनका लागि नेटोले पहल गरिरहेको छ । विमानभित्र बसेकाहरूलाई पनि बाहिर निकालिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस