मुख्यमन्त्रीलाई एमालेको ध्यानाकर्षण पत्र « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

मुख्यमन्त्रीलाई एमालेको ध्यानाकर्षण पत्र


३१ श्रावण २०७८, आइतबार


पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई नेकपा (एमाले) प्रदेश संसदीय दलले ध्यानाकर्षण पत्र बुझाएको छ ।

एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङ र प्रमुख सचेतक मायानाथ अधिकारीसहितको टोलीले आज मुख्यमन्त्रीलाई विगतको योजनालाई निरन्तरता दिन आग्रह गरेको हो ।

सो अवसरमा मुख्यमन्त्री पोखरेलले अघिल्लो सरकारले अगाडि बढाएका मूलभूत कार्य योजनालाई निरन्तरता दिएको जानकारी दिए ।उनले भौतिक पूर्वाधारका १५ मध्ये १० योजना अघि बढाउने प्रक्रियामा रहेको र रु ३८ अर्बको बजेट रु ३० अर्बमा खुम्चिएको जानकारी दिए।

भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्काले अघिल्लो सरकारले ल्याएका कार्यक्रम रातो किताबमा समेटिएको र केही छुटेको भए पुनः अध्ययन गरेर अघि बढ्न सकिने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस