माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजबाट « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजबाट


३० श्रावण २०७८, शनिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज (शनिबार)देखि बस्दै छ ।

केन्द्रीय समितिको बैठक शनिबार बिहान ११ बजे बस्ने लागेको हो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन एवं साङ्गठनिक प्रतिवेदन पेस गर्नेछन् ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी सङ्गठनको अवस्थाका बारेमा छलफल हुने गरी प्रस्ताव तय भएको माओवादी केन्द्रले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस