२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालमै पहिलो पटक स्नातक तहमा खेलकुदको अध्यापन

अ+ अ-

कास्की । खेलकुद पर्यटनको सहरका रूपमा स्थापित हुँदै गएको पोखरामा खेलकुद विषयको समेत अब अध्यापन हुने भएको छ ।

गण्डकी प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालयमा यस वर्षदेखि नेपालमै पहिलो पटक स्नातक तहमा चार वर्षे कार्यक्रम ‘ब्याचलर इन स्पोर्टस् म्यानेजमेन्ट’ (बिएसएम) को अध्यापन सुरु गर्न लागिएको हो ।

विश्वविद्यालयले खेलकुद विषय अध्यापनका लागि अहिले भर्ना आह्वान गरिसकेको छ । यही साउन मसान्तसम्म विद्यार्थी भर्ना आवेदनको कार्यक्रम प्रकाशित गरिएको विश्वविद्यालयले जनाएको छ ।

प्रदेश सरकारले प्रदेशमा प्राविधिक दक्ष जनशक्ति उत्पादनको लक्ष्यसहित दुई वर्षअघि विश्वविद्यालयको स्थापना गरेपछि यस वर्षदेखि विश्वविद्यालयले आफ्ना शैक्षिक कार्यक्रम अघि बढाएको हो । बिएसएमसहित यस वर्षदेखि ब्याचलर इन इन्फरमेसन टेक्नोलोजी९बिआइटी०को पनि अध्यापन सुरु हुनेछ ।

देशमै पहिलो पटक स्नातक तहमा बिएसएमको चार वर्षे शैक्षिक कार्यक्रममा विद्यार्थीलाई खेलकुदका सैद्धान्तिक विषयसँगै प्रयोगात्मक अध्ययन अध्यापन गराइने विश्वविद्यालयका उपकुलपति प्रा डा नवराज देवकोटाले बताए । उनका अनुसार अधिकांश पाठ्यक्रम अन्तर्राष्ट्रिय मापदण्डमा आधारित भएर बनाइएको छ । पाठ्यक्रममा १० देखि १२ वटा खेलका विषयमा सैद्धान्तिक अध्यापनसमेत हुने बताइन्छ ।

‘नेपालमा अहिलेसम्म स्पोर्ट्समा युवालाई आकर्षण गर्ने कार्यक्रम देशका कुनै पनि विश्वविद्यालयमा नरहेकाले नयाँ सन्देश दिने गरी हामीले सुरुआत गरेका हौँ’, उपकुलपति देवकोटाले भने, ‘अध्यापनको मुख्य उद्देश्य युवालाई खेलकुद व्यवस्थापक, म्यानेजर, प्रशिक्षक, रेफ्रिसहित खेलकुद कार्यक्रम सञ्चालनमा सक्षम बनाउनु सँगसँगै खेलाडी बन्नसमेत सघाउने छ ।’

आठ सेमेस्टरमा सञ्चालन हुने कोर्समा भलिबल, फुटबल, तेक्वान्दो, कराँते, ह्यान्डबल, एथलेटिक्स, जिम्न्याष्टिक, बास्केटबल, आर्चरी, ठेलो, क्रिकेट र स्विमिङलाई समावेश गरिएको छ । यसै गरी खेलकुद मार्केटिङ, खेलकुद अर्थतन्त्र, ‘फन्डिङ इन स्पोर्ट्स’, ‘स्पोर्ट्स टुरिजम’, ‘स्पोर्ट्स इन ग्लोबलाइजेशन’, ‘स्पोर्ट्स इन मिडिया’, ‘स्ट्राटेजिक म्यानेजमेन्ट इन स्पोर्ट्स इन्डष्ट्रिज’, ‘एथलेटिक्स केयर एन्ड रिह्याविलिटेसन’ लगायतका विषय पाठ्यक्रममा राखिएको छ ।

स्नातक तहमा खेलकुद विषयको अध्यापनबाट एक सक्षम खेल प्रशासक र खेल व्यवस्थापक बन्नका लागि विद्यार्थीलाई पर्याप्त ज्ञान प्राप्त गर्ने विश्वास लिइएको छ । गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले नेपालको खेलकुद विकासका लागि सो कार्यक्रम कोसे ढुङ्गा बन्ने बताउँछन् ।

उनले भने, ‘खेलकुदमा भविष्य खोज्नेका लागि गण्डकी प्रदेशले एउटा सुनौलो ढोका खोलिदिएको छ । खेलकुदको प्रचुर सम्भावना भएको पोखरामा यस विषयको पढाइले खेलकुद व्यवस्थापन र खेलकुदमा दक्ष जनशक्ति उत्पादनमा सघाउने छ ।’ स्नातक तहमा चार वर्षे बिएसएम कार्यक्रमको शुल्क रु तीन लाख ३० हजार रहेकामा विद्यार्थीलाई छात्रवृत्तिको समेत व्यवस्था गरिएको विश्वविद्यालयले जनाएको छ । पहिलो वर्ष ५० विद्यार्थीका लागि कोटा रहेको र आगामी दसैँपछि कक्षा सञ्चालनको तयारी छ ।

स्नातक तहमा चार वर्षे कोर्स पूरा भएपछि स्नातकोत्तर तहमा पनि खेलकुद विज्ञानका विषयमा अध्यापन गरिने छ । नेपालको संविधानले उच्च शिक्षाको व्यवस्थापनको अधिकार प्रदेश सरकारलाई दिएको छ । यसै गरी माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई छ ।

प्रतिक्रिया दिनुहोस