२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘महिलालाई उद्यमशीलतासँग जोड्नु प्रदेशको मुख्य एजेण्डा हो’

अ+ अ-

डोटी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लाल बहादुर धामीले महिलाहरूलाई उद्यमशीलतासँग जोड्नु प्रदेश सरकारको पनि मुख्य एजेण्डा रहेको बताएका छन् ।

मानव अधिकारको लागि एकल महिला समूह डोटीले दिपायलमा आयोजना गरेको तीन दिने स्थानीय तहका महिला जनप्रतिनिधिको क्षमता अभिवृद्धि सम्बन्धी तालिमको उद्घाटन गर्दे मन्त्री धामीले उक्त कुरा बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री धामीले भने, ‘पछिल्लो समयमा जनप्रतिनिधि महिलाहरूलाई केही गर्न नसकेर राजनीतिमा लागेका हुन् भन्ने आरोप लाग्ने गरेको छ । त्यसैले पनि सबै महिलाहरू उद्यमशीलतासँग जोडिएर आर्थिकरुपका साथै नेतृत्वको हिसाबले पनि अगाडी आउनु पर्छ, त्यसमा प्रदेश सरकारको पनि विशेष कार्यक्रम रहेको छ ।’

मन्त्री धामीले प्रदेश सरकारले महिलाहरूलाई उद्यमशीलतासँग जोड्न सहकारीमार्फत बिना धितोमा ५ लाख देखि ५० लाखसम्म ऋण र विभिन्न क्षेत्र विशेष गरी पशुपालन, कृर्षिमा अनुदानका कार्यक्रमहरू सञ्चालन गरिरहेको बताए ।

पछिल्लो समय मुलुकभर कोरोना भाइरसको जोखिम बढिरहेको समयमा सुदूरपश्चिम प्रदेश सरकारले पनि पूर्व तयारी तीव्र रूपमा अगाडी बढाइरहेको बताए ।

मानव अधिकारको लागि महिला एकल महिला समूह डोटीले जिल्लामा सञ्चालन गरेको कार्यक्रमले एकल महिलाहरूलाई राहत पुगेको दिपायल सिलगढी नगरपालिकाकी नगर प्रमुख मञ्जु मलासीले बताइन् । उनले भनिन्,‘स्थानीय सरकारले त गरिरहेको छ, तर पनि संस्थाको सहयोगले जनप्रतिनिधि र एकल महिलाहरूको क्षमता विकासमासमेत थप बल पुगेको छ ।

जनप्रतिनिधि महिलाहरूलाई सामाजिक क्षेत्रमा काम गर्न सहज हुनका साथै उद्यमशीलतासँग जोडिउन भन्ने हेतुले तालिमको आयोजना गरेको सीमान्तकृत महिलाहरूको आवाज तथा सहभागिता परियोजकी कार्यक्रम अधिकृत लक्ष्मी देउवा बमले बताइन् । उनले संस्थाले डोटीको दुई वटा स्थानीय तहका जनप्रतिनिधि र एकल महिलासँग विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेकोसमेत बताइन् । तीन दिनसम्म सञ्चालन हुने तालिममा दिपायल सिलगढी नगरपालिका र पुर्विचौकी गाउँपालिकाका जनप्रतिनिधि महिलाहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस