२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वाग्रह छैन, अर्थतन्त्रको वास्तविक तस्बिर छ :अर्थमन्त्री शर्मा

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले कोही कसैलाई आक्षेप लगाउने र पूर्वाग्रह राखेर आफूले यथार्थ पत्र नल्याएको स्पष्ट पारेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदले राखेका जिज्ञासाको जवाफमा अर्थमन्त्री शर्माले भने, ‘यो आग्रह पूर्वाग्रह र आक्षेप लगाउने विषय होइन, मुलुकको अर्थतन्त्रको वास्तविक तस्बिर पेस गरिएको छ ।’ आफूले जस्ताको तस्तै तथ्य प्रस्तुत गरेको उल्लेख गर्दै उनले अघिल्लो सरकारले गरेको कामलाई समेत यथार्थ पत्रमा प्रस्तुत गरेको स्पष्ट पारे ।

कोरोनाविरुद्धको खोप अहिलेसम्म के कति आयो र कतिले लगाए भन्ने तथ्याङ्क यथार्थ पत्रमा राखिएको मन्त्री शर्माको भनाइ थियो । ‘तथ्याङ्क बङ्ग्याउने काम भएको छैन’, उनले भने, ‘यो प्रतिशोधपत्र होइन, देशको ऐना हो ।’ कोरिया जानबाट वञ्चित युवाका विषयमा सम्बन्धित पक्षसित आवश्यक छलफल भइरहेको मन्त्री शर्माले बताए । उक्त विषयमा कोरियाली राजदूतसित समेत छलफल भएको उनले स्पष्ट पारे ।

सरकारले कोरोनाको तेस्रो लहर आउनेतर्फ सचेतता अपनाएको स्पष्ट पार्दै मन्त्री शर्माले त्यसका लागि १९ अर्ब बजेट छुट्टाइएको जानकारी दिए । उनले कोरोना प्रभावितका लागि छिट्टै आर्थिक प्याकेज ल्याउने तयारीमा सरकार रहेको उल्लेख गरे । सरकार आयात कम गर्न उत्पादन केन्द्रित अभियान सञ्चालन गर्ने तयारीमा रहेको मन्त्री शर्माले सुनाए ।

यसअघि सांसदहरु महेश बस्नेत, खगराज अधिकारी, प्रेम सुवाल, राजेन्द्रकुमार केसी, पदम गिरी, गजेन्द्रबहादुर महत, देवेन्द्रराज कँडेल, पुष्पा भुसाल, मनकुमारी जिसी, पार्वता डिसी चौधरी, दिव्यमणि राजभण्डारी, प्रकाश रसाइली स्नेही, अमनलाल मोदी, लक्ष्मी परियार, मीनबहादुर विश्वकर्मा, मोहन पाण्डे र लालबहादुर थापाले यथार्थ पत्रका बारेमा जिज्ञासा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस