शर्मा सचिवमा बढुवा « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

शर्मा सचिवमा बढुवा


२५ श्रावण २०७८, सोमबार


काठमाडौँ । सरकारले गोविन्दप्रसाद शर्मालाई सचिवमा बढुवा गरेको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले सिफारिस गरेका कृषि तथा वन सेवा तर्फका तीन वरिष्ठ सहसचिवमध्ये पहिलो नम्बरमा सिफारिस शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । उनलाई बढुवासँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालय(कृषि) पदमा पदस्थापनसमेत गरेको छ ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिवत्रय शर्मा, डा.निरु दाहाल पाण्डे र दीपक खरालको नाम सिफारिस गरेको थियो ।

सम्बन्धित समाचार : सचिवका लागि तीन सहसचिवको नाम सिफारिस

प्रतिक्रिया दिनुहोस