२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीमा सञ्चारमैत्री कानुन ल्याउँछु : सीता नेपाली

अ+ अ-

सुर्खेत । कर्णाली प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानुन मन्त्री सीता कुमारी नेपालीले प्रदेशले सञ्चारमैत्री कानुन ल्याइने बताएकी छन् ।

आइतबार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री नेपालीले सञ्चारसँग सम्बन्धित कानुनहरु ल्याउँदा सञ्चार मैत्री बनाइने प्रतिवद्धता जनाइन् ।

विषय विज्ञ, सञ्चारकर्मी तथा सञ्चारसँग सम्वद्ध पक्षहरुसँग छलफल गरेर मात्रै कानुन ल्याइने मन्त्री नेपालीले बताइन् । उनले अहिले प्रदेश सरकार सञ्चारसँग सम्बन्धित ऐन कानुनहरु बनाउन लागेको बताउँदै पत्रकारहरुको भौतिक तथा पेसागत सुरक्षा गर्न प्रतिवद्ध रहेको पनि उल्लेख गरिन् ।

प्रसारण ऐन संशोधनको तयारी भइरहेको, आमसञ्चार प्रतिष्ठान विधेयक संसद्मा दर्ता भएको, लोक कल्याणकारी विज्ञापन नीतिको कार्यविधि बनाउने तयारीमा प्रदेश सरकार रहेको मन्त्री नेपालीले बताइन् ।

उनले सत्य र तथ्यको आधारमा मात्रै समाचार प्रकाशन तथा प्रसारण गर्न पत्रकारहरुलाई आग्रह समेत गरिन् । नेपाल पत्रकार महासङ्घका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालले पत्रकारहरुको भौतिक तथा पेसागत सुरक्षाका लागि स्थानीय तथा प्रदेश सरकारलगायत सबै निकायले ध्यान दिनुपर्ने बताए ।

उनले सञ्चारमैत्री कानुन ल्याउन प्रदेश सरकारलाई आग्रह गर्दै पत्रकारहरुको क्षमता अभिवृद्धि तथा गुणस्तर वृद्धिका लागि पहल भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस