पौडेल पक्षले बोलायो जिल्ला सभापतिहरुको भेला « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पौडेल पक्षले बोलायो जिल्ला सभापतिहरुको भेला


२२ श्रावण २०७८, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसको रामचन्द्र पौडेल पक्षले जिल्ला सभापतिहरुको भेला बोलाएको छ ।

१४ औँ महाधिवेशन पूर्वनिर्धारित मितिमा हुने सम्भावना टर्दै गएपछि पौडेल पक्षले आफू पक्षीय जिल्ला सभापतिहरुको भेला आह्वान गरेको हो।

यस अघि काठमाडौँमा उपलब्ध जिल्ला सभापतिहरुसँग पौडेल पक्षका नेताहरुले पटक–पटक छलफल गर्दै आएका थिए । ती छलफलहरुमा सहभागीहरुले अब सबैसँग छलफल गर्नुपर्ने राय दिएपछि संयुक्त रुपमा छलफल गर्न लागिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस