२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विधेयकसम्बन्धी प्रस्ताव पारित

अ+ अ-

विराटनगर । प्रदेश नं १ को प्रदेशसभा बैठकले ‘प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सम्बन्धी प्रस्ताव आज सर्वसम्मतिले पारित गरेको छ ।

प्रदेश नं १ प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को निमय ९२ बमोजिम भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामबहादुर मगरले सो विधेयक प्रस्ताव सदनमा पेश गरेका थिए ।

मन्त्री मगरले हाम्रो कृषि जीविकोपार्जन गर्ने किसिमको मात्र भएको अवस्थामा कृषि एवं कृषि उत्पादन बढाउन सरकारले अनुदानको व्यवस्था गरेको बताए । उनले अनुदान विभिन्न स्वरुपमा रहेकाले यसको गलत प्रयोग हुन नदिन विधेयक ल्याइएको जानकारी दिँदै सरकारले कृषिमा दिने अनुदान ५० देखि ७५ प्रतिशत रहेको र यसलाई पारदर्शी बनाउन विधेयकले मद्दत गर्ने विश्वास व्यक्त गरे ।

विशेष समय

प्रदेशसभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले प्रदेशका नागरिकलाई सरकारले कहिलेसम्म खोप लगाइसक्ने हो भनी प्रश्न गरे । उनले प्रदेशमा कुनकुन खोप कति मात्रामा आएको हो भन्ने विषयमा पनि जानकारी माग गरे ।

उनले प्रहरी समायोजन सम्बन्धमा प्रदेश सरकारले बनाएको विधेयक अहिलेसम्म कार्यान्वयन नहुनुका कारण पनि सरकारसँग माग गरे । नेता कोइरालाले सुनसरी दुहबीदेखि इनरुवासम्मको १४ किमी बाटोलाई प्रदेश सरकारले प्रदेश गौरव योजनामा राखेर सडकको स्तरोनन्ति गर्न माग गरे । उनले प्रदेश सरकारले विगतमा यहाँका नागरिकसँग गरेका सहमति अहिलेसम्म पनि पूरा नगरेकामा चिन्ता व्यक्त गरे ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले झापाको गिरी बन्धु टि स्टेटको २८० बिघा जग्गा साटापट्टा गर्ने निर्णय गरेकाले त्यो खारेज हुनुपर्ने माग गरे । उनले हदबन्दीभन्दा माथिका जग्गा राज्यलाई फिर्ता हुनुपर्ने भूमि ऐनले व्यवस्था गर्दागर्दै पनि सरकारले यस्तो निर्णय गर्नु भूमाफियालाई पोस्ने काम हो भने ।

शून्य समय

प्रदेशसभाको आजको बैठकको शून्य समयमा प्रदेशसभा सदस्य इन्दिरा राईले कोरोनाको उपचार एवं रोकथाम स्थानीय तहमा पनि उचित ढङ्गले हुनुपर्ने माग गरिन्। सदस्य लीला सुब्बाले विद्यार्थीलाई पनि कोरोनाको खोप लगाउनुपर्ने माग गरे । सदस्य तुलसीप्रसाद न्यौपानेले महाकाली नदीमा जयसिंह धाँमी तुइनबाट खसी बेपत्ता भएको विषयमा सरकारले जानकारी दिनुपर्ने बतारे । सदस्य विष्णु तुम्बाहाम्फेले संविधानमा भएको व्यवस्थाअनुसार नै नेपाली जनताले समानुपातिकरुपमा राज्यको सुविधा उपभोग गर्नुपर्ने धारणा राखे । सदस्य रामचन्द्र लिम्बूले सीमा क्षेत्रमा भारतीय पक्षबाट निकै ज्यादति भइरहेकाले सरकारको ध्यानाकर्षण गराए ।

प्रदेशसभाको अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस