जिल्ला प्रशासन कार्यालय पर्साले आइतबारदेखि नियमित सेवा प्रवाह गर्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जिल्ला प्रशासन कार्यालय पर्साले आइतबारदेखि नियमित सेवा प्रवाह गर्ने


२१ श्रावण २०७८, बिहिबार


वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले आइतबारदेखि नियमित सेवा प्रवाह गर्ने भएको छ । कोरोना भाइरस संक्रमण रोकथामकालागी स्थानीय तहअनुसार आलोपालो गरेर सेवा प्रदान गर्दै आएको प्रशासनले अब नियमित रुपमा सेवा प्रवाह गर्ने भएको हो ।

जिल्ला प्रशासन कार्यालयले बिहीबार सूचना जारी गर्दै साउन २४ गतेदेखि कार्यालयबाट प्रदान गर्दै आएका सबै सेवाहरु स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सबै स्थानीय तहका सेवाग्राहीलाई नियमित प्रदान गर्ने जनाएको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पर्सामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञाको समयमा जिल्ला प्रशासन कार्यालय लगायत सबै सरकारी कार्यालयले अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गरेका थिए ।

असार ७ गतेदेखि भने प्रशासन लगायत अन्य सरकारी कार्यालयले पालिका अनुसार आलोपालो सेवा प्रवाह गर्दै आएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस