२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शहीद र बेपत्ताले देखेको सपना पूरा गर्नु पर्दछ :मन्त्री बराल

अ+ अ-

गण्डकी । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले शहीद र बेपत्ताले देखेको सपना पूरा गर्नु सबैको दायित्व भएको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) वडा कमिटी पोखरा–१० को आयोजनामा बुधबार पोखरामा आयोजना भएको राज्यद्वारा बेपत्ता पारिएका मजदुर नेता चमनलाल बरालको १९औँ खोज सभालाई सम्बोधन गर्दै उनले शहीद र बेपत्ताको योगदानको उच्च कदर गर्दै अघि बढ्ने बताए ।

माओवादी केन्द्र गण्डकी प्रदेश कमिटी सचिवालय सदस्यसमेत रहेका मन्त्री बरालले अझै राजनीतिक अवस्था जटिल बन्दै गएको छ भने। सरकारले सुकुम्वासी समस्या आधारभूत रूपमा समाधान गर्ने विश्वास व्यक्त गर्दै मन्त्री उनले भने, ‘वर्तमान सरकारले नयाँ प्याकेज ल्याउँदै छ शहीद र बेपत्ताले देखाएको लक्ष्य र उद्देश्यलाई निरन्तर पछ्याइरहने छु ।’

चमनलालकी श्रीमती जमुना बरालले आफ्नो श्रीमान् हराएको १९ वर्षसम्म पनि पत्ता लगाउन नसकिएकामा दुखेसो गर्दै विगत तीन दशकदेखि बस्दै आएको पोखरा–१० स्थित नागिनटोलको जग्गाको लालपुर्जा उपलब्ध गराउन माग गरे ।उक्त टोलमा करिब ७० घरपरिवार विगत ३० वर्षभन्दा अघिदेखि बसोबास गर्दै आएको स्थानीय किरणप्रसाद भट्टले जानकारी दिए ।

पोखरा–१० वडा कमिटीका अध्यक्ष किरणप्रसाद भट्टको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गण्डकी प्रदेश विकास समितिका सभापति दीपक कोइराला , माओवादी केन्द्रका जिल्ला सचिव बखानसिंह तमु, माओवादी केन्द्र पोखरा महानगर कमिटी सचिव विश्वप्रकाश लामिछानेलगायतले लामो समयदेखि बेपत्ताको टुङ्गो नलगाउँदा पीडित परिवार चिन्तित बनेको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस