२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रियसभा बैठक : शून्य समयमा सरकारको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरुले शून्य समयमा कोभिड–१९ विरुद्धको खोप, मेलम्चीका बाढीपीडितलाई क्षतिपूर्ति, दार्चुलामा तुइन तर्ने क्रममा बेपत्ता भएकाका परिवारलाई न्याय तथा सुकुम्बासीका समस्या चाँडो समाधान गर्न सरकारसँग माग गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरुले कोरोना महामारी बढ्दै गएकाले सबैलाई खोपको व्यवस्था गर्नुपर्ने, भूमिहीनलाई जग्गाको व्यवस्था गर्नुपर्ने, यात्रा गर्दा ट्याक्सी चालकले ठग्ने गरेकाले त्यसप्रति ध्यान दिन सरकारसँग माग गरे।

सांसद खिलकुमार विकले खोप आपूर्ति गरी सबैलाई व्यवस्थित रूपमा लगाउन सरकारसँग माग गरे । वृद्धवृद्धाले लामो समयसम्म लाइनमा बस्नुपरेको भन्दै उनले त्यसलाई सहज बनाउन सुझाव दिए ।

सांसद उदय शर्मा पौडेलले काठमाडौँ उपत्यकामा ट्याक्सी चालकले ठग्ने गरेकाले उनीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । ट्याक्सीमा यात्रा गर्दा मिटरमा भाडा दर निर्धारण गर्न उनले माग गरे ।

सांसद कविता बोगटीले दार्चुलामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटेका कारण जयसिंह धामी बेपत्ता भएको घटनामा सरकारले भारतीय पक्षको पक्षपोषण गरेको आरोप लगाए । बेपत्ता धामीको परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन उनले सरकारसँग माग गरे।

सांसद कोमल वलीले राष्ट्र निर्माणमा कलाकारको उल्लेख्य भूमिका रहेको भन्दै कलाकारलाई पिर, मर्का परेका बेला राज्यले ध्यान दिनुपर्ने बताए। कलाकार पल्पसा डङ्गोलको स्वास्थ्योपचारका लागि पहल गरिदिन उनले सरकारसँग माग गरिन्।

सांसद खिमलाल देवकोटाले सिन्धुपाल्चोकको मेलम्चीलगायत स्थानमा बाढीले अत्यधिक क्षति गरेकाले उनीहरुलाई सुरक्षित ठाउँमा बसोबासको व्यवस्था गर्न सरकारसँग माग गरे ।

सांसद चक्रप्रसाद स्नेहीले देशभर लाखौँ सुकुम्बासी रहेको भन्दै उनीहरुलाई जग्गाको व्यवस्था गर्न सरकारलाई सुझाव दिए । सांसद जगप्रसाद शर्माले शैक्षिक मजदुर समस्यामा परेकाले उनीहरुको समस्या समाधान गर्न सरकारले पहल गरोस् भने।

प्रतिक्रिया दिनुहोस