२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिवि सेवा आयोगद्वारा उपप्राध्यापकको लिखित परीक्षा स्थगित

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापकको लिखित परीक्षा स्थगित गरेको छ ।

आयोगले आगामी भदौ १५ गतेबाट परीक्षा हुने तालिका सार्वजनिक गरेको थियो ।

‘भदौ १५ गतेदेखि सञ्चालन गरिने लिखित परीक्षा आयोगको निर्णयबमोजिम विशेष कारणवश स्थगित गरिएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ आयोग प्रमुख केदारनाथ ढकालले विज्ञप्तिमा भनेका छन् । कोभिड–१९ महामारीका कारण तत्काल परीक्षा स्थगित गरिएको जनाइएको छ ।

आयोगले यसपालि सबैभन्दा बढी व्यवस्थापन सङ्कायमा शिक्षण जनशक्ति माग गरेको थियो । व्यवस्थापन सङ्कायतर्फ जनप्रशासन र व्यवस्थापन विषयमा ८३ पदमा आवेदन आह्वान गरिएको थियो ।

विभिन्न सङ्काय र अध्ययन संस्थाअन्तर्गत ५ सय ८० पदमा दरखास्त आह्वान गरिएको थियो । आयोगबाट प्राप्त जानकारी अनुसार सबैभन्दा धेरै चिकित्साशास्त्रअन्तर्गत ४० विषयमा ५५ पद खुला गरिएको थियो । मानविकी तथा सामाजिक शास्त्रअन्तर्गत २४ विषयका निम्ति १ सय ३ पद खुला गरिएको थियो । सबैभन्दा धेरै अङ्ग्रेजी विषयमा २५, नेपालीमा ८, अर्थशास्त्रमा १५ र समाजशास्त्रको १२ पदमा आवेदन खुलाइएको थियो ।

यस्तै, वन विज्ञानमा ३ विषयका निम्ति तीन पदमा आवेदन खुला गरिएको थियो । विज्ञान तथा प्रविधितर्फ १५ विषयका निम्ति १ सय ६८ पद खुला गरिएको थियो । शिक्षाशास्त्रतर्फ १६ विषयका निम्ति ७४ पद खुला गरिएको थियो ।

त्रिवि सेवा ऐनअनुसार डिन कार्यालय र सङ्काय बोर्डले विषयको आवश्यकता पुष्टि गरी दरबन्दी सिर्जना गर्दछ । उपकुलपतिको अध्यक्षता रहने एकेडेमिक काउन्सिलले सिफारिस गरेपछि त्रिवि कार्यकारी परिषद्ले सेवा आयोगलाई विज्ञापन गर्न अनुमति दिन्छ ।

प्रतिक्रिया दिनुहोस